मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको वृद्धाश्रमका लागि रु एक लाख सहयोग प्राप्त भएको छ । इच्छाकामना–४ कुरिनटारका हरिबहादुर थापा र उहाँका धर्मपत्नी तुलसा थापाले शनिबार मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवाललाई चेक हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा थापाले वृद्धाश्रम तथा सामाजिक कार्यका लागि निर्माण भइरहेको भवनका लागि सहयोग गरिएको बताउनुभयो । उहाँले मन्दिर समितिको कामको प्रशंसा गर्दै आगामी दिनमा आफूले सक्ने जुनसुकै सहयोगलाई निरन्तरता दिने बताउनुभयो । उहाँले उक्त भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट सकेको जति सहयोग गर्न पनि आग्रह गर्नुृभयो ।








