• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

जनताका समस्यालाई समाधान गर्न नयाँ ढङ्गले काम गरिरहेको छु : प्रधानमन्त्री दाहाल

  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या साधान गर्न नयाँ ढङ्गले काम गर्न थालेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ को उद्घाटन गर्दै उहाँले जनताका समस्यालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । हेलो सरकार कार्यक्रमबाट जनताका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र सामाजिक सुरक्षाका विषयमा गम्भीर भएर लागेको बताउनुभयो ।

    सामाजिक सुरक्षा कोषमा हाल तीन लाख ५० हजार वैदेशिक रोजगारमा रहेका युवा आबद्ध भइसकेको र निकट भविष्यमै ४० देखि ५० लाख वैदेशिक रोजगारमा रहेका युवा आबद्ध हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकार सामाजिक न्यायका लागि निरन्तर काम लागिरहेको छ ।” मिटर ब्याजीजस्ता नागरिकताका समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले वेथिति, विकृति र भ्रष्टाचारको क्षेत्रमा निडरताका साथ काम गरिहेको बताउँदै उहाँले भन्नुयो, “सन्देशसभाले सरकारलाई नयाँ शक्ति प्राप्त गर्न मद्दत गरेको छ ।”

    जनताका समस्या र टिप्पणी सुन्नलाई हेलो सरकार २४ घण्टै खुला रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा नेपालको हितमा धेरै काम भएको भन्दै सरकार विगतको भन्दा फरक ढङ्गले काम गरिरहेको चर्चा गर्नुभयो । उहाँले छिमेकी राष्ट्र चीनसँगको व्यापार घाटा कम गराउन कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने भन्दै संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा जाँदा सेतो हिमाल कालो भइरहेको र यसबाट विश्व समुदायलाई जलवायु परिवर्तन गम्भीर असर परिरहेको भनि जानकारी गराउने बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिन लागेको जानकारी दिँदै सो विषय महत्त्वपूर्ण र दूरगामी रहेको धारणा राख्नुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपालले मोर्चाले समाजमा निराशा होइन आशाको सञ्चार गर्न खोजेको बताउनुभयो । उहाँले समाजमा रहेका नकारात्मक गतिविधिलाई हटाइ सकारात्मक बनाउने भन्दै मोर्चाले गौरवशाली समाजवादको सन्देश दिइरहेको कुरामा जोड दिनुभयो ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत १६ वर्षमा १३ पटक सरकार परिवर्तनको खेलले मुलुकमा सङ्घीयता र लोकतन्त्र संस्थागत हुन नसकेको भन्दै संविधान प्रदत्त अधिकार प्रदेश सरकारले प्राप्त गर्न नसकेको टिप्पणी गर्नुभयो । समानता र विभेदको आक्रोश जनतामा बढ्न थालेकाले सरकारलाई गम्भीर भएर काम गर्न सुझाव दिँदै उहाँले राजनीतिक स्थिरता नहुँदा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि नकारात्मक असर परेको उल्लेख गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विपल्व’ ले नेपालको स्वाधीतनता र समृद्धिलाई बलियो बनाउन मोर्चा गठन भएको भन्दै देश र जनतालाई समस्या परेका बेलमा मोओवादी एकजुट हुने धारणा राख्नुभयो । मोर्चामा आबद्ध नेता बलदेव चौधरी, प्रवेश हमाल र रकम चेम्जोङले पनि मोर्चाको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.