• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

‘बिपीले समय नपाउँदा समाजवादलाई व्यावहारिक रुपमा उतार्न पाउनुभएन’

  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको एक सय १०औँ जन्मदिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोस्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरूले विभिन्न धारणा व्यक्त गर्नुभएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बिपीले नपाएको १५ वर्ष’ विषयमा धारणा व्यक्त गर्नुभएको हो ।

    शर्माले बिपीले दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरे पनि राजनीतिक पूर्वग्रहका कारण पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजवादको आफ्नो सैद्धान्तिक अवधारणालाई व्यावहारिक रुपमा उतार्न नपाउनुभएको बताउनुभयो । वरिष्ठ अधिवक्तासमेत रहनुभएका विपीन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास बिपीले गर्न नपाउनुभएको उल्लेख गर्नुभयो । अर्थविज्ञ अच्युत वाग्लेले बिपीले समाजवादी अर्थनीति अनुसरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका सङ्केत देखिएको तर त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो ।

    आर्थिक मितव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बिपीको अवधारणालाई तत्कालीन सरकारले विसं २०१६ मा अभ्यास सुरुआत गरेको उहाँले बताउनुभयो । झाले बिपी नेतृत्वको सरकारले समावेशिता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उहाँको नीतिलाई कांग्रेसले आज व्यवहारमा उतार्नुपर्ने खाँचो औँल्याउनुभयो । नेपाली साहित्यका शिखर पुरुष महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मोत्सवको अवसरमा आयोजना गरिएको महोत्सव कांग्रेस केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको हो ।

    तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुँदैछ । महोत्सवको दोस्रो दिन सोमबार ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । आजै गजल साँझ भएको थियो, जहाँ ३० जना गजलकारहरूले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.