चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार राति सार्वजनिक गरिएको रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सूर्यबहादुर थापा सहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले संक्रमित प्रहरीहरुलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ । कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए । उनले भने मलाई हल्का रुघा खोकी, ज्वरो आएको थियो, परीक्षण गराउँदा पोजिटिभ देखियो, अहिले सामान्य छु ।’ यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो ।








