• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा करिब रु ७२ लाख लागतमा सूचना केन्द्र निर्माण भइरहेको छ ।

    यस आवमा पनि प्रदेशका ६५ प्रतिशत र गाउँपालिकाको ३५ प्रतिशत लागतमा भवनलाई पूर्णता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । आधा रोपनी क्षेत्रमा निर्माण भइरहेको सूचना केन्द्रबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षित पदयात्राका लागि सूचना प्रदान गरिने उहाँको भनाइ छ । “मुन्दुम पदमार्ग नेपालकै एक स्थापित पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो, “यो पदमार्गमा धेरैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ । आउने पर्यटकलाई आवश्यक सूचना प्रदान गर्नका लागि प्रदेश सरकारसँगको सहकार्यमा पर्यटन सूचना केन्द्र निर्माण गरिरहेका छौँ ।”

    सूचना केन्द्रलाई यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ । दोस्रो चरणको कामका लागि केही समयपछि बोलपत्र आह्वान गरेर काम सुरु गरिने प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । “पदमार्गमा आउने पर्यटकको अभिलेखसँगै आवश्यक सूचना दिनका लागि एउटा सूचना केन्द्रको आवश्यकता रहेको छ”, उहाँले भन्नुभयो, “त्यही भएर यहाँ सूचना केन्द्रको निर्माण गरेका हौँ । कामलाई अन्तिम चरणमा पुर्याएका छौँ । यो आर्थिक वर्षभित्र पूर्णरूपमा सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य छ ।”

    टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा जुटेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सूचना केन्द्रबाट पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो । “यो पदमार्ग पूर्वको मुख्य पर्यटकीयस्थल हो” उहाँले भन्नुभयो, “पर्यटकको सुरक्षित र सहज यात्राका लागि सूचना प्रदान गर्न आवश्यक छ । अबका दिनमा पर्यटकलाई यो सूचना केन्द्रबाट आवश्यक जानकारी प्रदान गछौँँ । यसले यहाँको भ्रमणका लागि आउने पाहुनालाई सहजता थप्ने छ ।”

    अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरम दृश्यावलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको उपाध्यक्ष राईले बताउनुभयो । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँतहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने उहाँको भनाइ छ ।

    “यो नेपाल सकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा पदयात्रा गर्न स्वदेश तथा विदेशबाट पर्यटक आइरहेका छन् । यो क्षेत्रमा आउने पर्यटकलाई यहाँको प्राकृतिक सुन्दरताले मोहित पार्ने गर्दछ । यो पदमार्गलाई थप विकासका लागि हामीले योजनाबद्धरूपमा काम गरिरहेका छौँ ।” यहाँका किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अग्र्यानिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिन्छ ।

    यो पदमार्ग नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो । उकालो–ओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक–३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । किरात राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ । करिव ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्रामस्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा निर्माण गरिएको जनाइएको छ । त्यस्तै किरात राईको संस्कृति झल्कने (चिण्डो आकार)का १५ वटा पोखरी निर्माण गरिएको छ ।

    यहाँको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा टुरिजम हब बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ । पर्यटकीय हिसाबले पैदलयात्रा गर्ने पर्यटकका लागि ‘अल्पाइन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग सम्बन्धित विज्ञहरूको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको गाउँपालिकाको भनाइ छ ।

    आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्याउने गाउँपालिकाले जनाएको छ । यो पदमार्ग भोजपुर र खोटाङको सिमना तावाभञ्याङ–चखेवा भञ्याङ–धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्याङ–लौरी भञ्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्याङ–बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका–१० भैँसीपङ्खाको साम्पाङ चोकमा आएर टुङगिन्छ ।

    यो मुन्दुम पदमार्गले यहाँका वन्यजन्तुको आरक्षण क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना बोकेकाले यहाँको पर्यटन व्यवसाय फस्टाउने सम्भावना रहेको पर्यटनको क्षेत्रका विज्ञहरुको भनाइ छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.