• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तीजका गीतमा वैदेशिक रोजगारीका पिडा

  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ‘घरमा एक्लै छाडेर बुढा बाबा आमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरु आइतबार यो गीत गाउँदै नाचिरहेका थिए । उनीहरुले गाएको यो गीतले नेपालको पछिल्लो वास्तविकतालाई चित्रण गरेको थियो ।

    पछिल्लो समय गाउँघरमा विदेश गएका छोराछोरीको सम्झनामा तीज गित गाउने गरेको सुनिन्छ । पहिले पहिले गित मार्फत सासु बहुारीका वेदना पोख्ने महिलाहरुले अहिले छोरा–छोरी र आफन्त विदेशिएको कुरा गितमार्फत प्रस्तुत गर्ने गरेका छन् ।

    ‘न त कुनै कलकारखाना न त कुनै रोजगार

    युवा जति विदेश हिँडे के हो सरकार’

    महिलाहरुले विदेशिनुको कारण यसरी गीतमार्फत प्रस्तुत गरे । उनीहरुले सरकारलाई प्रश्न गर्दै युवा विदेश जाँदाको पिडा घर परिवार र समुदायलाई हुने गरेको सुनाए । देशका कलकारखाना बन्द हुँदा युवा विदेश पलायन हुनुपरेको महिलाहरुको गीतमा उल्लेख थियो । भरतपुर–११ की सुशिला सापकोटा आफ्नो टोलछिमेकमा भएका गतिविधिलाई गीतमार्फत प्रस्तुत गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “दिदीबहिनी जम्मा भएर यसरी भाका मिलाएर गाउँदाको आनन्द नै बेग्लै छ, यसले मनका पिर व्यथा पोख्न र साटासाट गर्न सहयोग पु¥याउँछ ।” उहाँले भाका मिलाएर गाउँदा नाच्दा आफ्नो सृजनात्मक क्षमतासमेत बढ्ने बताउनुभयो । आफुहरुले गाएको गीत नेपाली समाजको साझा समस्या भएको उहाँको भनाइ छ ।

    दुःख सुःख गरेर बाह्र क्लास पढाइयो

    कलिलो उमेरमा प्लेन चढाइयो’

    अहिले कक्षा १२ पास नहुँदै कलिलो उमेरमा युवायुवती विदेशीने गरेको तितो अनुभव हाम्रो समाजमा छ । भरतपुर–१० की सविता अधिकारी वैदेशिक रोजगारीले पारिवारिक रुपमा बिछोड गराएको भन्दै हरेक घर परिवार समस्यामा रहेको बताउनुभयो । उहाँले राज्यले युवाहरुलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै यस्तै अवस्था रहिरहे देश युवा बिहिन हुने बताउनुभयो ।

    ‘एउटा छोरा एउटा छोरी सानो सुखी परिवार

    पकाउनै मन लाग्दैन मिठो परिकार’

    धेरै घरपरिवारमा सबै सदस्य नहुँदा चाडपर्व पहिलेजस्तो रमाइलो नभएको महिलाहरुको अनुभव छ । चितवनको रत्ननगर नगरपालिका–८ की सिता पौडेल दिदी बहिनीहरु विदेश हुँदा पहिलेजस्तो रमाइलो हुन छाडेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले घरैभरी मान्छे हुन्थे, चाडपर्व आउना साथ मन खुसी हुन्थ्यो, अहिले त्यो अवस्था छैन ।” देशमा सुशासन कायम गरेर सबै परिवारसँगै हुने वातावरण बनाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

    ‘उच्च शिक्षा हासिल गरी नाम तिम्ले कमाउ

    नेपालमा केही गर्ने लक्ष्य बोकी आउ’

    तीजका गीतमार्फत महिलाहरुले विदेश गएपछि उच्च शिक्षा अध्ययन गरेर नेपालमै फर्कन सुझाव दिन्छन् । महिलाहरुले वैदेशिक रोजगारीको पिडासँगै बढ्दो महङ्गीले घरव्यवहार चलाउनेलाई समस्या परेको गीत मार्फत प्रस्तुत गरे ।

    ‘महङगीले आकाश छोयो यति मन रुँदैन

    हजार लेर बजार गयो एक छाक हुँदैन’

    पछिल्लो सयम ‘साउण्ड सिस्टम’ प्रयोग गरेर तीजका गित गाउने प्रचलन रहिररेका बेला कतिपय ठाउँमा महिलाहरु आफ्नो संस्कार संस्कृति संरक्षणमा निरन्तर लागिरहेका छन् । उनीहरु भड्किलो तरिकाले नाचगान गर्नेभन्दा पनि आफ्नै समाजका भोगाइ गीतमार्फत प्रस्तुत गरिरहेका छन् । शिक्षाविद् रमाकान्त सापकोटा तीजका गीतमा सधै समाजको यथार्थ झल्कने गरेको बताउनुहुन्छ ।

    “कुनैबेला श्रीमान मरेपछि सती जाने परम्परा रहेको समाजमा त्यही खालको गीत गाइने गरेको थियो”, उहाँले भन्नुभयो, “देउरानी, जेठानी र सासु बुहारीका कथा हुँदै अहिले वैदेशिक रोजगारीका कुरासम्म तीजका गीतमा आउने गरेका छन् ।” उहाँले महिलाहरुले सधै सामाजिक मुद्धा उठाउने गरेको भन्दै त्यसले समाजको यथार्थ चित्रण गर्ने गरेको अनुभव रहेको सुनाउनुभयो ।

    “देशमा राजनीतिक परिवर्तन भएपछि सामाजिक रुपमा पनि ठूलो परिवर्तनको अपेक्षा नागरिकमा थियो, त्यो परिवर्तन नदेखिएपछि युवापुस्ता विदेश लागे, यहाँ बस्नेहरुले विछोडको गीत गाउनु स्वभाविक हो”, उहाँले भन्नुभयो ।” भ्रष्टाचार र समाजको व्यतिथिका विरुद्ध तीज गीतमार्फत महिलाहरुले सधै आवाज उठाउनुपर्ने सापकोटा बताउनुहुन्छ । रासस 

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.