• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सम्झनामा पुरानो तीज

  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।

    “सुन्तलीको हाँगा र बिगा टुप्पै बस्यो जुरेली,

    तेइमा जुरेली मारीमा ल्याउँछु लेउ लेउ भाउजू गुलेली,

    नी बरीलैै लेउ लेउ भाउजू गुलेली”

    तीजका अवसरमा दिदीबहिनीहरूसँग दर खाँदै गर्दा प्रस्तुत गीत गाउँदै नाच्दैै गर्नुभएकी भरतपुर–२ की शान्ता अधिकारी एक छिन ३५÷४० वर्षअघि गोरखामा आमासँग माइतीको आँगनीमा नाच्दै गरेको अवस्थामा फर्कनुभयो । “माइती दिदीबहिनी भेट भएको बेलामा मलाई यो गीतले पुरानै बाल्य अवस्थामा फर्कायो”, आमाले माइती गाउँमा तीजको मेलामा यही गीतमा नाच्ने गरेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “यस्ता गीतले मलाई दिवङ्गत आमाको यादले झस्काउँछ ।

    अब ती दिन फर्केर त आउँदैन तर माइती गाउँकै दिदी, बहिनी, भाउजू भेट हुँदा भने पुरानो यादले यो मन फेरि माइतीगाउँतिर लैजान्छ । ” गाउँका माइतीहरू पनि गाउँ छाडेर सहर पसेको बताउने अधिकारी फेरि एकपटक पुरानै माइती गाउँमा गएर तीजमा कम्मर मर्काउने धोको रहेको बताउनुहुन्छ । रत्ननगरको टाँडी माइतीमा तीज मनाउँदै गर्नुभएकी राधिका अधिकारी तीजको स्मरण गर्दै भन्नुहुन्छ, “तीजको दिन छुट्टै रौनक हुन्थ्यो, राति दर खाएपछि दिनभर पानी पनि नखाई व्रत बसिन्थ्यो ।”

    उमेरले ६० वसन्त नाघ्नुभएकी उहाँँले जवानीमा चेलीबेटी जम्मा भई दिनभर नाचगान गर्दा भोक र थकाइको महसुस नहुने गरेको बताउनुभयो । माइतीको आँगनीमा बसेर गाइने तीजका गीतले चेलीको वेदना प्रस्तुत गर्ने भन्दै उहाँले एक टुक्का गाउनुभयो,

    “बाबाले दिएको शिरै लाउने शिरफुल सुन्तला घारीमा खस्यो बरीलै,

    घर जाऊ छोरी भन्नुहुन्छ बाबाले माइतमै दिल बस्यो बरिलै”

    उमेरले ८४ वर्ष लाग्नुभएकी भरतपुर–११ की लीलादेवी दवाडी आजकाल तीज आएकै थाहा पाउनुहुन्न । पहिले पहिले उमेर छँदा तीज आउनुभन्दा दुई–तीन दिन अघिदेखि नै घरका गाईवस्तुलाई घाँसको व्यवस्था गरी घरको कामलाई छोट्याएर तीजका दिन माइत जाने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ऊ बेलामा आजकाल जस्तो कसैलाई फुर्सद हुन्थेन ।

    ढिकी, जाँतो र घरको काम गरेर दिन जान्थ्यो, तीज आउनुभन्दा पहिला रातभर नसुती माइत जानका लागि काम सक्नुपथ्र्यो ।” नवलपुरको गैँडाकोट घर भएर भरतपुर माइत आउनुभएकी सम्झना अघिकारीले तीजमा हजुरआमाले पकाएको दरको याद गर्नुभयो । उहाँ भन्नुहुन्छ, “सानोमा तीजको दर खाँदा असाध्यै रमाइलो लाग्थ्यो । दर खाने रात हजुरआमा नसुती दर पकाउनुहुथ्यो ।

    अनि हामीलाई राति दर खान उठाउनुहुन्थ्यो, हामी खुसी भएर दर खान्थेम ।” घरका सबै जना राति उठेर हजुरआमाले पकाएको दर खाएको हिजो जस्तो लागेको तर हजुरआमा बितेको २० वर्ष पुगेछ भन्दै उहाँ एकछिन भक्कानिनुभयो । पहिले तीजको बेलामा आमाहरूले गाउने एउटा गीतको स्मरण गर्दै उहाँले गाउनुभयो,

    “फररर फरर चौतारीको बरको पात,

    को सँग भनौँ मैले यो मनको बात,

    बाबासँग भनौँ भने बाबा बूढो हुनुभो,

    आमासँग भनौँ भने पहिल्यै रुनुभो ।”

    पहिल–पहिले चेलीको वेदना तथा विभिन्न घटनालाई कथेर तीजका गीतहरू गाइने गरिने तर आजकाल त्यस्ता गीतको मौलिकता हराउँदै गएकोे उहाँलाई लागेको छ । नाच्न गाउन भने त्यति नजान्ने बताउने उहाँले तीजका मेलामा गाइने एउटा टुक्का भने यसरी सम्झनुभयो,

    “कोदो छरेँ मकै छरेँ धान छरेको छैन बरिलै,

    सौतामाथि दियौ बाबा मन परेको छैन बरिलै”

    तीजका अवसरमा महिलाहरू कर्मघरबाट माइतीघर आउने र मीठो मसिनो खाई माइतीसँग भलाकुसारी गर्ने गर्दछन् । परापूर्वकालदेखि मनाइँदै आएको तीज विशेषगरी महिलाहरूका लागि वर्षको एक दिन खुल्ला वातारणमा रम्ने पर्वका रूपमा लिइन्छ । जन्म घर छोडेर कर्र्मघरमा जीवन बिताउँदा माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा तीज पर्वलाई लिन सकिन्छ ।

    तीज अपरिचित ठाउँको वर्षभरिको जिम्मेवारी, तनाव र जन्मघर र बालासखीप्रतिको सम्झनालाई पुनर्ताजगी गर्ने अवसर दवाडीको अनुभव छ । पछिल्लोे समयमा तीजका नाममा गाइने भड्किला गीत र महिनौँदेखि दरखाने चलन बढ्दै जाँदा मौलिक परम्परा मासिने चिन्ता भने पक्कै भएको उहाँले बताउनुभयो । सनद अधिकारी/रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.