चितवन । चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आज (सोमबार) गरिएको परिक्षण गरिएका २३६ नमुना मध्ये १३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभएको छ । कोरोना पृष्टी भएका मध्ये भरतपुरका ४ जना रहेका छन । जसमध्ये एक जना पुरुष र ३ जना महिला रहेका छन । रत्ननगर नगरपालिकाका १ जना पुरुष छन भने खैरहनीका ३ पुरुष र एक महिला गरी चार जना रहेका छन । त्यस्तै कालिका नगरपालिकाका १ जना पुरुष र ३ जना महिला रहेको प्रमुख डा। अधिकारीले पुष्टि गर्नुभएको छ।








