काठमाडौं । भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको छ।हाल देशका पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








