• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

कालिका नगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौती, खगेरी क्षेत्रमा सरसफाइ

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकाको फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । फोहोर संकलन एवं बिसर्जनको उपयुक्त विकल्प नहुँदा खोला र जंगल क्षेत्रमा यत्रतत्र फाल्ने गरेको पाइएको छ । सडक, खोला र जंगल क्षेत्रमा अत्यधिक फोहोर भएपछि विश्व नदी दिवसको अवसरमा भोजाड र पदमपुर जोड्ने चितवनको कालिका नगरपालिका ५ स्थित खगेरी खोला किनारमा सरसफाइ गरिएको छ ।

    डिभिजन वन कार्यालय चितवनको आयोजना, सहमति संस्था गैँडाकोट, डब्लु डब्लु एफ, चर्तुमुखी सामुदायिक वन उपभोक्ता समूह कालिका नगरपालिका १ र भिमवली सामुदायिक वन उपभोक्ता समूह कालिका नगरपालिका ५ को सहयोगमा खगेरी खोला लंकालाइन क्षेत्रको दुवै किनारमा रहेका प्लाष्टिक एवं सिसाजन्य फोहोर व्यवस्थापन सम्बन्धि सचेतना एवं सरसफाइ गरिएको हो । डिभिजन वन कार्यालय चितवनका प्रमुख, डिभिजनल वन अधिकृत लोकराज नेपालले स्थानीय तहबाट फोहोर व्यवस्थापन गर्न नसकेका कारण वातावरण प्रदुषण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “घर बनाउने तर शौचालय नबनाउने भने जस्तै भएको छ, शहरबाट फोहोर निस्कन्छ तर फोहोर फाल्ने ठाउँ जंगल होइन्, जंगल तथा नदीमा फोहोर फाल्नु एक किसिमको अपराध नै हो ।” सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सहमतिले ५२ औँ पटकसम्म नारायणी नदी किनारमा सरसफाइ गरिसकेको उल्लेख गर्दै अबका संरक्षणमुखि कार्यक्रम खगेरी बेसिन क्षेत्रमा सञ्चालन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जलाधार क्षेत्र संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो, स्थानीय र सरोकारवाला सबै पक्षसँगको सहकार्यमा वातावरण, जंगल र नदीको क्षेत्रमा सकरात्मक नतिजा दिन चाहन्छौँ ।”

    चर्तुमुखी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिकुमार गुरुङले नगरपालिकाले फोहोर व्यवस्थापनको विकल्प नदिदा स्थानीयले नदी र जंगल क्षेत्रमा फोहोर फाल्ने गरेको चित्रण गर्नुभयो । वनको एक्लो प्रयासले फोहोर व्यवस्थापन चुनौति बनेको बताउँदै उहाँले सरसफाइका लागि यस क्षेत्र छनोट गरी सरसफाइ गरेकोमा आभार व्यक्त गर्नुभयो । भिमवली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्र चौधरीले स्थानीयलाई जागरुक एवं फोहोर व्यवस्थापनका लागि पालिका स्तरबाट पहल नभएसम्म चुनौती थपिरहने बताउनुभयो ।

    डिभिजन वन कार्यालय चितवनका वन अधिकृत बालकृष्ण खनालले सरसफाइलाई अभियानका रुपमा नै सञ्चालन गरिने बताउनुभयो । सहमति संस्थाले जलाधार क्षेत्रको सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक बोर्ड राख्ने, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षणमा सहजिकरण गर्दै आएको छ । नदी मानव सभ्यातासँग जोडिएको छ । कतिपय मानव समुदायको जीविका नदीसँग जोडिएको छ । जलचर तथा जीवजन्तुसमेत नदीमा आश्रीत छन् । नदी प्रदुषण हुँदा हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.