चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आउँदो शनिबार चितवनका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । केन्द्रले सोमबार एक सूचना जारी गर्दै विद्युत् कटौती गर्ने बारे जानकारी दिएको हो । प्राधिकरणका अनुसार ३३ केभी पर्सा फिडर र ३३ केभी चनौली फिडर अन्तरगत विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् कटौती हुनेछ । यस्तै भरतपुर १, औद्योगिक १ र हस्पिटल फिडर अन्तरग विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैंडाकोट, औद्योगिक २ फिडर अन्तरगत विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणका भरतपुर प्रमुख सुरेश कुमार महतोले जानकारी दिए । उनले भरतपुर बाइपास सडक खण्डमा विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्यका लागि विद्युत् कटौती गर्न लागिएको बताए ।









