चितवन।भरतपुर महानगरपालिकाको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा केन्द्रको आईसोलेसनामा आज १४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उनीहरुलाई आज बिदाइ गर्नुभएको हो । यस अघि पनि गरी झण्डै ९० जना कोरोना मुक्त भएका छन् । केन्द्रमा आएका संक्रमित मध्ये परीक्षण पश्चात १०० प्रतिशत बिरामी संक्रमण मुक्त भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनु भएको छ । उहाँ आज वागेश्वरी केन्द्रमा पुगेर आइसोलेसनमा रहेका सम्पूर्ण बिरामीहरुको सीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।








