काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट (पार्टी) नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आजको छलफल पनि निष्कर्षविहीन भएको छ । गत बिहीबारदेखि निरन्तर छलफलमा जुटेका ओली र प्रचण्डले आज पनि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता गरेका थिए । तर, तीन घन्टा लामो छलफलमा पनि सहमति जुट्न नसकेपछि छलफल बिना निष्कर्ष टुगिंएको स्रोतले बताएको छ । ६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा सरकारको आवश्यकता अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय भएको थियो । सोहीअनुसार मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिइएको थियो । मन्त्रिपरिषद् मा कसलाई राख्ने र कसलाई हटाउने भन्ने विषयमा ओली र प्रचण्डको मत बाझिएपछि छलफल निष्कर्षविहीन बनेको स्रोतको भनाई छ ।








