चितवन । चितवनको चितवन मेडिकल कलेज र भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये चितवनका मात्रै ५४ जना रहेका छन् । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २१ पुरुष र १४ महिला गरि ३५ जना, रत्ननगरका ३ महिला १ पुरुषगरि ४ जना , खैरहनीका १ महिला ८ पुरुषगरि ९ जना, राप्तीका ३ पुरुष, कालिकाका २ महिला र १ पुरुषगरि ३ जना संक्रमित भएका हुन । यस्तै अन्य संक्रमित हुनेहरुमा नवलपुरका ८ पुरुष र १ महिला गरि ९ जना, नवलपरासी र तनहुँका २ महिलार पर्सा, मोरङ्ग र सर्लाहिका १÷१ पुरुषगरि ३ जना समेत गरि जम्मा ६८ जना रहेका छन । परिक्षण गरिएका नमुनाहरुको स्वाब सिएमसि स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल र क्वारेन्टिनहरुबाट संकलन गरिएको अस्पतालले जनाएको छ । मंगलबार परिक्षण गरिएका ३४५ वटा नमूना मध्ये २७७ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ६८ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।











