• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

राष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी छ : एमाले अध्यक्ष ओली

  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुद तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै उहाँले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    “म सबै राजनीतिक दलका माननीय सदस्य ज्यू हरुलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा एक हौँ”, एमाले अध्यक्ष ओलीले भन्नुभयो,“राष्ट्रका हितहरुलाई सर्वोपरी राख्दै विकासका प्रयासमा एकजुट होऔँ, सार्वभौमसत्ता,स्वाधीनता, भौगोलिका अखण्डतालाई कमजोर पार्ने कार्यन सामाजिक सद्भाव कायम राख्न सबै गम्भीर हुनुपर्छ ।”

    मित्रराष्ट्र मुलुकहरुसँगको सम्बन्धलाई सुमधुर तुल्याई, कुटनीतिक सम्बन्धलाई बलियो र थप प्रगाढ तुल्याउन लागिपर्ने उल्लेख गर्दै उहाँले परराष्ट्र नीतिमा एक दृष्टिकोण बनाई नेपालको स्वाभिमान र गरिमा बढाउन सबै लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । एमाले अध्यक्ष ओलीले आम जनतामा राजनीतिक दल, प्रणाली, संविधानप्रतिको विश्वास अभिवृद्धि गर्दै अहिलेसम्मका राजनीतिक उपलब्धी संस्थागत गर्न र विकास निर्माणलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

    विकास निर्माणका कामले गति लिन नसकेको, समयमै भुक्तानीन नहुँदा निर्माण कम्पनीलाई ऋण तिर्न कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकास र समृद्धिको यात्रामा सक्रियतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओदलीले एसिड आक्रमणकारीलाई रिहा गरिएको, कैदीबन्दीलाई आममाफी दिइएको र सुनकाण्डका आरोपीलाई छाडिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले सुशासन सरकारको नियमित काम भएकाले यसलाई निरन्तरता दिएर शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

    सुशासनको अभियानमा प्रतिपक्षले विरोध गरेको भनी आरोप लाग्नेगरेको उहाँले उल्लेख गर्नुभयो । एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सभामा देखिएका गतिविधि संविधानको भावना अनुरुप नभएको जिकिर गर्नुभयो । कानुनी राज्य र विधिको शासन स्थापित गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिपक्षले उठाएका कतिपय विषयलाई मजाकको रुपमा लिने गरिएको गुनासो गर्दै संसदलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

    बजारमा महंगी बढेको, किसानले मल बिऊ नपाएकोलगायत जनसरोकारका विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । संसद बैठक लामो समय सञ्चालन नभएकोमा पनि अध्यक्ष ओलीले टिप्पणी उहाँले संसदलाई विजनेस दिएर प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले न्यायलयलाई स्वतन्त्र, मर्यादित र विश्वासयोग्य बनाइनुपर्ने खाँचो औंल्याउनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.