• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचोः डा उप्रेती

  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निर्वाचन आयोगले गरेको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल ल क्याम्पससँगको सहकार्यमा गरेको अध्ययनमा हालको निर्वाचन प्रकृया र प्रणाली दुवैमा थप सुधार अतिआवश्यक रहेको सुझाव दिइएको छ ।

    राष्ट्रियसभा, राष्ट्रिय सारोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञकारुपमा प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले हालको निर्वाचन प्रणालीको प्रभावकारीता र निर्वाचन व्यवस्थापन एवं सञ्चालनलाई स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन अत्यन्त जरुरी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हालको प्रणालीभित्रै ऐन र नीतिमा गरिमार्जन गरेर वा राजनीतिक सहकार्य, व्यापक राष्ट्रिय बहस र राजनीतिक सहमतिका आधारमा संविधान सशोधनबाट गर्न उपयुक्त हुन्छ ।”

    प्रतिष्ठानले निर्वाचनलाई स्वच्छ तुल्याउन निरन्तर मतदाता नामावली सङ्कलन र अध्यावधिक गरिनुपर्ने, मतदातास्थल र केन्द्रलाई अशक्त तथा अपाङ्गता मैत्रीसँगै उपयुक्त स्थान छनोटका साथै पिउने पानी, प्रारम्भिक उपचार र शौचालयको व्यवस्था अनिवार्य गर्न सुझाव दिएको छ । मतदाता शिक्षालाई स्थानीय तह, राजनीतिक दल तथा विभिन्न संघसस्थामार्फत नागरिक शिक्षाकारुपमा निरन्तर सञ्चालन तथा पठ्यक्रममा समावेश गरी विद्यालय तहदेखि विद्यार्थीलाई सूसूचित गर्न आवश्यक देखिएको अध्ययन साराशंमा उल्लेख छ ।

    मतदाता शिक्षालाई स्थानीय भाषमा श्रव्यदृश्य सामग्री र विद्युतीय माध्यमबाट मतदाता समक्ष पु¥याउने तथा दलको साधारण सदस्यता वितरण प्रकृयालाई सहज बनाई सदस्यले मतदान प्रकृक्रियामार्फत प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौट गर्ने कानूनी व्यवस्था गर्न पर्ने सुझाइएको छ । अध्ययन प्रतिवेदनमा उम्मेदवार छनौट, निर्वाचन खर्च, आचारसंहिताको पालना, विवाद समाधान एवं न्यायिक निरुपण, आयोगका सशक्तीकरण, विदेशमा बस्ने व्यक्तिको मतदान अधिकार, हालको मिश्रित निर्वाचन प्रणालीमा प्रणालीगत सुधार तथा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीलगायतका विषयमा सुझाव दिइएको छ ।

    मन्त्रिमण्डल गठन गरिदा संसदबाहिर र विशेषज्ञता हासिल गरेको व्यक्तिबाट गरिनुपर्ने तथा निर्वाचित सांसदलाई विधायिकी काममा सीमित तुल्याउन आवश्यक देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिष्ठाले विभिन्न स्थानमा पुगेर सुझाव लिने क्रममा आमजनताले स्थानीयतहको निर्वाचन निर्दलीय प्रकृतिको हुनपर्ने तथा हालको दुई सय ७५ रहेको प्रतिनिधिसभा सदस्यको सङ्ख्या घटाउन टड्कारोरुपमा आवाज उठेको विषय पूर्वअध्यक्ष उप्रेतीले समिति समक्ष प्रस्तुत गर्नुभयो ।

    सभापति दिलकुमारी रावलको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरुले योगदान र सङ्घर्ष गरी सांसद बनेकालाई मन्त्रिपरिषदमा लैजानु हुन्न भन्ने भनाइसँग सहमत हुन नसकिने तर्क गर्दै हालको निर्वाचन प्रणाली खर्चिलो भएकाले सुधारको खाँचो रहेको बताउनुभयो । निर्वाचन प्रणाली खर्चिलो भएकै कारण भ्रष्टिकरण, इमान्दार तथा निष्ठाको राजनीति गर्ने पलायन भएको घटना सुनाउँदै सदस्यहरुले निर्वाचन प्रणाली र सदस्य सङ्ख्या घटाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.