काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भैरहको महासंघले जनाएको छ ।








