नवलपुर । शिवमन्दिर सिकाई केन्द्रद्वारा सञ्चालित गृहिणी शिक्षा दशै पछि सञ्चालन हुने भएको छ । लामो समयको लकडाउनका कारण प्रभावित भएको गृहिणी शिक्षा दशै पश्चात सञ्चालन हुने जनाईएको छ । बिद्यालयहरुमा बिषयगत रुपमा बैकल्पिक माध्यमबाट शिक्षण सिकाई गराए पनि गृहिणी महिलामा प्रबिधिको कम पहुँच र उपयोगका लागि ज्ञान नभएकाले उनीहरुका लागि दशैपछि स्वास्थ्य मापदण्ड पालन का साथै सामाजिक दुरी कायम गरी पुनः निरन्तर शिक्षण सिकाई कृयाकलापलाई पुर्णता दिईने गृहिणी कक्षा ब्यवस्थापन समितिका अध्यक्ष बिन्दु के सीले जानकारी दिनुभयो । कोरोनाबाट सिर्जित समस्याका कारण अध्यनरत महिलाहरुलाई बिद्यालय बोलाएर शिक्षण सिकाई गराउने बातावरण नभएकाले शिक्षिका स्वंयम महिलाहरुको घरमा पुगी आवश्यक गृहकार्य दिने र गरिएका गृहकार्य चेक गर्ने गरिएको अध्यक्ष के।सीले बताउनुभयो । त्यस्तै यस बर्षका लागि भर्ना अभिलेखिकरण सकिएको छ ।








