चितवन । चाडपर्व नजिकिएसँगै चितवनमा सबै पसलहरुमा अनिवार्य मूल्यसूची राख्न निर्देशन दिइएको छ । प्रशासनले यसअघि प्याजको कालोबजारी बढेपछि बजार अनुगमन गरेर कारबाही गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पाँच दिनभित्र सबै पसलमा अनिवार्य मूल्यसूची राख्न व्यवसायीहरुलाई निर्देशन दिएको बताए । मूल्यसूची अनिवार्य टाँस नगरे कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । अनुगमन नियमित हुने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शाहीले चाडपर्वमा हुनसक्ने कालोबजारी र मूल्य बढाइ ठगी गर्ने सम्भावना धेरै हुने हुँदा बजार अनुगमन बढाइने बताउनुभयो ।








