• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह

  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्नुहुन्छ । सांसदसँग रासस संवादमार्फत उहाँले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गर्नुभयो । पूर्वमन्त्री साहले भन्नुभयो, “देश छाडेर भाग्ने महान् जस्तो, यहीँ बसेर धर्तीको सेवा गर्ने अपमानित र लाछीजस्तो देखियो, त्यसलाई बदल्न जरुरी छ ।

    यो धर्तीमा बस्न पाएकामा गौरव गर्नुस् ।” जनतामा आशा र उत्साह जागृत गराएमा पहाड बनिरहेको नदी धापलाई सहरमा परिणत गरेको उदाहरण आफ्नो निर्वाचन क्षेत्र भएको दाबी गर्दै उहाँले भन्नुभयो, “विदेश भाग्ने तिमीहरू गल्ती गर्दैछौँ, हामी मुलुकलाई सुन्दर बनाएर देखाउँछौँ, कायर र कमजोर होइनौँ, हामी महान् छौँ ।” वाग्मती र बकैया नदीबाट प्रभावित रौतहटको धाप क्षेत्रबाट आफूले राजनीति सुरु गरेको समय कयौँले घर र खेती छाडेर सहर पसेको घटना स्मरण गराउँदै पूर्वसहरी विकासमन्त्री साहले अहिले त्यो ठाउँ सुन्दर गाउँ र नमूनामा बस्तीमा परिणत भएको दाबी गर्नुभयो ।

    जनतामा आशा र भरोसा दिँदै रौतहटको अभियान देशभर फैलाउन आवश्यक रहेको बताउँदै नेता साहले सही र गलत व्यवहार र तथ्यले परीक्षण गरी नेपाल बनाउने अभियानमा सरिक हुन युवापुस्तालाई सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ, “नेपालमा अहिले भइरहेको अभ्यास संसदीय व्यवस्था नभई पार्टीका नेताको हालीमुहाली हो । सांसद र सदन भारदारी सभाजस्तो छ ।” सांसदको काम भनेको ताली बजाउने र एस वा नोमा सीमित रहेको बताउँदै अध्यक्ष साहले भन्नुभयो, “नेताहरूले शासन गरिहनुभएको छ, उहाँहरूको स्तरमा जे हुन्छ, सदनमा त्यसलाई ल्याएर औपचारिकता दिने र पारित गर्नेमात्र काम हुन्छ ।”

    नेता साहसँग मधेसी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव, नेकपा (माओवादी)को केन्दीय सदस्य, तत्कालीन नेकपाको मधेस प्रदेश अध्यक्ष र नेकपा (एमाले) स्थायी समिति सदस्य भई काम गरेको अनुभव छ । सांसद साहले मुुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका क्रममा नौ वर्ष भूमिगत र एक वर्ष बेपत्ता जीवन बिताउनुभएका साहले कानुन, न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालयको नेतृत्वसमेत सम्हाल्नुभयो । उहाँ विसं २०६२÷६३ को जनआन्दोलनपछि लगातार संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

    जनप्रतिनिधि कानुन निर्माणबाहेकका कार्यमा संलग्न हुनुहुन्न भन्नेहरू अयोग्य र बेइमान भएको तर्क प्रस्तुत गर्दै उहाँले दलीय प्रणाली भएको मुलुकमा संसद्ले बजेट र नीति तथा कार्यक्रम बनाउँछ भने सरकारको कार्यान्वयन गर्ने जिम्मेवारी भएको स्पष्ट गर्नुभयो । अध्यक्ष साहले भन्नुभयो, “हामी नागरिक सर्वाेच्चतालाई सम्मान गर्छाैँ, कुन कार्यक्रम कहाँ आवश्यक र प्रभावकारी छ भनेर हेर्ने काम सदन र सांसदकै हो, त्यो उनीहरूले नगरे कसले गर्छ त ।”

    जनताका प्रतिनिधिको सर्वाेच्चता र निर्वाचित व्यक्तिको नेतृत्व कायम गर्दै कानुन निर्माणमा सांसदलाई पूर्णरूपमा स्वतन्त्रता प्रदान गर्नुपर्नेमा विधेयकका हरेक दफा र शब्दमा दलको ह्वीप लाग्ने प्रवृत्तिले गुणस्तरीय कानुन निर्माण हुन नसकेको उहाँले भनाइ प्रस्तुत गर्नुभयो । चुनावमा कुन उम्मेदवार निर्वाचित हुन्छ भनी पहिले नै आकलन गरिने विषयले जनसहभागिता र निर्वाचन प्रणालीको निष्पक्षतामाथि प्रश्न उठिरहेको बताउँदै अध्यक्ष साहले नेता विशेषको खल्तीबाट नाम राख्ने समानुपातिकले लोकतन्त्रकै खिल्ली उडाएको विचार प्रकट गर्नुभयो ।

    विगतमा मदन भण्डारी र कृष्णप्रसाद भट्टराईबीचको उम्मेदवारीलाई स्वस्थ्य प्रतिस्पर्धा र असल लोकतान्त्रिक अभ्यासका रूपमा लिन सकिने उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “मिलेर लड्नुपर्छ, सबै नेता जित्नुपर्छ अनि लुट्नुपर्छ भन्ने सोच लोकतन्त्र हुनै सक्दैन ।” प्रतिनिधिसभाको गएको निर्वाचनमा ठूलो दलका उम्मेदवारलाई पराजित गरी आफू विजयी भएको घटनालाई अपवादका रूपमा लिएको बताउँदै उहाँले प्रणाली स्थापित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा प्रस्तुत गर्नुभयो ।

    पूर्वमन्त्री साह भन्नुहुन्छ, “प्रतिस्पर्धा, पारदर्शी, जवाफदेहिता र निष्पक्षता भएमा मात्र लोकतन्त्र हुन्छ, त्यो कुनै अहिले हामीले अभ्यास गरिरहेका छैनौँ, भ्रष्टाचार बढेको छ, सुशासन कमजोर छ अनि कसरी लोकतन्त्र हुन्छ, यो केवल दलतन्त्रमात्र हो ।” निर्वाचन प्रणालीसँगै राज्य व्यवस्था, मूल नेतृत्व र संरचना नै ठीक नभएको बताउँदै उहाँले भन्नुभयो, “जबसम्म राज्यका सबै मेसिनरी ठीक हुन्न, तबसम्म राम्रो परिणाम दिन सकिन्न ।” अहिले दल र नेतामा मात्र सीमित यथास्थितिवादी शाससन व्यवस्था रहेको विचार प्रकट गर्दै अध्यक्ष साहले आफूहरूले जनताको नेतृत्वसहित अग्रगामी र रुपान्तरणकारी शासन व्यवस्था चाहेको भनाइ प्रस्तुत गर्नुभयो ।

    मुलुकमा अहिले भइरहेको राज्य सञ्ञ्चालनको अभ्यास र ढाँचाप्रति जनताको आलोचना रहेको बताउँदै पूर्वमन्त्री साहले त्यसैको परिणाम युवा विद्यार्थीको विदेश पलायन भएको टिप्पणी गर्नुभयो । समाजमा रहेको आक्रोश बेलाबखत सदनमा पनि देखिने गरेको घटना सुनाउँदै पूर्वकानुनमन्त्री साहले त्यो मौलाउँदो दण्डहीनता र नेतृत्वप्रति कमजोर विश्वासको नतिजा भएको विचार प्रकट गर्नुभयो ।

    हिजोको राज्यव्यवस्था दमनकारी रहेकामा अहिलेको समग्र चरित्र लुटकारी र भगौडा देखिएको आरोप लगाउँदै उहाँले नेपालमा अवसर लिने र सम्पत्ति कमाएर विदेशमा थुपार्ने प्रवृत्ति मौलाउँदो रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “जनतालाई निराश बनाएर देश कहिल्यै बन्दैन, नागरिकलाई उत्साहित तुल्याउनुपर्छ, बदमासीलाई दण्डित गर्नुपर्छ, अनि मात्र मुलुक बन्छ, विकास हुन्छ, समृद्धि ल्याउन सकिन्छ ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.