काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








