चितवन । सरकारको पर्वलक्षित सुपथ मूल्यको पसल अन्तर्गत बिहीबारदेखि नारायणगढमा साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान् पर्व दसैँ, दसैँ, तिहार तथा छठ पर्वको लागि साल्ट ट्रेडिङ कर्पोरेशनले नारायणगढबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट नुन, चिनी सहित दैनिक उपभोग्य वस्तुहरु चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरा तथा इन्डक्सन चुल्होलगायतका सामग्री बिक्रीमा राखिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नारायणगढका कार्यालय प्रमुख बुद्धिविनोद दाहालले बताए । दाहालका अनुसार यसवर्षको पर्व लक्षित सुपथ मूल्यको पसलमा बजार मूल्यभन्दा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइएको छ ।
साल्ट ट्रेडिङले सबैभन्दा धेरै नुन र चिनी बिक्री गर्दै आएको छ । यसवर्षको सुपथ मूल्यको पसलबाट नुन प्रतिकेजी १८ र चिनी प्रतिकेजी ७० रूपैयाँका दरले बिक्री सुरु गरिएको दाहालले बताए । नुन र चिनी बढीमा एकजनाले चार किलोसम्म खरिद गर्न पाउने प्रावधान मिलाइएको छ । असोज १५ देखि सञ्चालन गरिएको सहुलियत दरको पसल मंसिर ८ गतेसम्म खुल्ने छ । यसवर्ष कोरोना कहरका कारण हाललाई कर्पोरेसनको नारायणढस्थित डिपोबाट मात्रै बिक्री वितरण हुने उनले बताए । विगतका वर्षहरुमा विभिन्न स्थानमा पुगेर घुम्ती सेवासमेत सञ्चालन गरेको थियो ।
चितवनमा आजबाट दसैँ तिहारलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा
चितवनमा आजबाट दसैँ तिहारलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा
- अ
- अ
- अ








