• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

उद्योग सङ्घ चितवनमा न्यौपाने , रुपन्देहीमा सापकोटा

  •   मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन हुनुभएको छ । सोमबार अबेर सम्पन्न अविधेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे रहनुभएको छ । अधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकारले मात्रै चाहेर उत्पादन बढाउन नसक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सरकार र व्यवसायीको साझेदारीमा उत्पादन बढाउन सकिन्छ ।” सरकार उद्योगी–व्यवसायीको व्यवसाय बढाउन र प्रवर्द्धन गर्न तयार रहेको उहाँको भनाइ थियो । उद्योग र उद्यमशीलतालाई मध्यनजर गरेर अघि बढ्नुपर्ने समय आएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा राजनीति सुध्रिएमात्रै समस्या समाधान हुनसक्छ ।”

    उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष लेखराज पोख्रेल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले अहिलेको अवस्थामा उद्योग–व्यवसाय बन्द हुने स्थितिमा पुगेको बताउनुभयो । यही अवस्था रहे व्यवसायी पलायन हुने उहाँहरूको भनाइ थियो ।

    रुपन्देहीमा सापकोटा

    लुम्बिनी– रुपन्देही उद्योगीहरूको व्यावसायिक संस्था रुपन्देही उद्योग सङ्घको द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित हुनुभएका छ । सोमबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सङ्घको कार्यसमितिमध्ये केही पदाधिकारी र सदस्यमा सोमबार दिउँसो निर्वाचन सम्पन्न भएको थियो । सङ्घको २३औँ अधिवेशनमा संयुक्त प्यानल विजयी बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

    यसैगरी निर्वाचन भएको कोषाध्यक्ष पदमा युवराज आचार्य, सचिवमा सुमन बस्याल, सहकोषध्यक्षमा विशाल बेलबासे विजयी हुनुभएको निर्वाचन समितिका प्रमुख यमलाल खनालले जानकारी दिनुभयो । यसैगरी दुई महिला सदस्यमा मीना थापा तुलाधर र शारदा भट्टराई विजयी हुनुभयो । खुला सदस्यतर्फ कृष्णप्रसाद पोखरेल, नारायणप्रसाद खनाल, मोहनीलाल रिजाल, बलबहादुर गोदार, अभिषेख गुप्ता, किरण खरेल, चक्रपाणि तिवारी र अशोक कुँवर निर्वाचित हुनुभयो ।

    यसअघि नै सङ्घको अध्यक्ष पदमा दिलीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको हो । यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोविन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टङ्कनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख खनालले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.