• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

इच्छाकामना आधारभूत अस्पतालको सेवा सुरु, मन्त्री जोशीले गरे उद्घाटन

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवनको इच्छाकामना गाँउपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना ४ स्थित १५ शैयाको अस्पतालले आज (शुक्रबार) बाट सेवा प्रारम्भ गरेको हो । अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले अस्पतालको सेवाबाट इच्छाकामनाका जनतासँगै तनहुँ, गोरखा र धादिङका सेवाग्राहीहरु पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।

    जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न आवश्यक रहेको औंल्याए । अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकोले यसलाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न सकिने उनको भनाइ थियो । यसका लागि प्रदेश सरकारले आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने समेत मन्त्री जोशीले बताए । अत्याधुनिक सेवासहितको अस्पतालको रुपमा बिकास गर्न मन्त्रालय सधैं तयार रहने उनको भनाइ थियो । अस्पतालले हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँचमा पुराउने समेत उनको विश्वास छ ।

    मन्त्री जोशीले विपन्न, असहायलाई सहज, सुलभ र सरल स्वास्थ्य सेवा दिन आग्रह पनि गरे । इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालको रुपमा नामाकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नम्बर ४ मा अस्पतालको आफ्नै भवन निर्माणाधिन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालको रुपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

    संघीय सरकारको १३ करोड बजेटमा अस्पतालको १५ शैयाको भवन निर्माण भइरहेको छ । २०८१ सम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिईने उनले जानकारी दिए । भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उनले सुनाए । हाल अस्पताल सञ्चचालनका लागि प्रदेश सरकारले १३ लाख रुपैयाँ उपलब्ध गराएको समेत उनले बताए । अस्पतालमा २ चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् ।

     

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.