काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोलाको एक हजार १ सय ७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।








