• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

सात लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भरतपुर भ्रमण वर्षको तयारी

  •   बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगरपालिकाले सन् २०२४ भित्रमा ७ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी गरेको छ। बुधबार पत्रकारसँगको अन्तरक्रियामा मेयर रेनु दाहालले ‘घुमौं भरतपुर’ अभियानअन्तर्गत सन् २०२४ लाई भ्रमण वर्षकारुपमा मनाउन लागिएको बताइन्। महानगरले भ्रमण वर्षमा ७ लाख पर्यटकहरुले भरतपुर महानगरपालिका भित्रका विभिन्न गन्तव्यको अवलोकन गर्ने लक्ष्य राखेको छ। चितवन राष्ट्रिय निकुञ्ज महानगरसँग जोडिएको प्रमुख पर्यटकीय स्थल हो।

    देवघाट, मेघौली, गोलाघाट, पटिहानी, जगतपुर, बिसहजारी ताल, बाटुली पोखरी, नारायणी नदी किनारको क्षेत्र, शिवघाट, बाघेश्वरी, गणेशधाम, चौकीडाँडालगायतका आन्तरिक पर्यटकको आकर्षणका गन्तव्य भरतपुर महानगरपालिकामा छन्। ३१ वटा गन्तव्यको सूची प्रकाशन गर्दै महानगरले ती क्षेत्रलाई व्यवस्थित बनाउने काम अहिले भइरहेको जनाएको छ। महानगरका पर्यटन विज्ञ विश्व सुवेदीकाअनुसार अहिलेसम्म वार्षिक करिब ३० हजार जना विदेशी पर्यटक भरतपुर महानगरपालिकाबाट चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेका छन्।

    कसरा र मेघौलीबाट निकुञ्ज प्रवेश गर्ने पर्यटकलाई भरतपुरबाट प्रवेश गरेको मान्ने गरिन्छ। पटिहानी, जगतपुर, मेघौलीमा ठूलो लगानीमा सुविधासम्पन्न होटलहरु सञ्चालनमा आएका छन्। सुवेदीले सन् २०२४ मा भरतपुर महानगरका नाकाबाट निुकञ्ज प्रवेश गर्ने विदेशी पर्यटकको संख्या २ लाख पु¥याउने लक्ष्य राखिएको बताए। महानगरपालिकाले पर्यटकले बाघ, एक सिंगे गैंडा लगायतका प्रजातिको अवलोकन गर्न सक्नेगरी भरतपुर–१३ देवनगरमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न लागेको छ। यसले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने सुवेदीले बताए।

    ‘देवघाटलगायतका अन्य पर्यटकीय गन्तव्यमा ५ लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखेका छौं। यसअघि वार्षिक ४ लाख जनाजति पर्यटकले भरतपुर भ्रमण गर्ने गरेको अनुमान छ। आगामी वर्ष ७ लाखले अवलोकन गर्छन् भन्ने विश्वास छ,’ उनले भने। सुवेदीले ५५ वटा देशहरुमा एनएनआरएनका प्रतिनिधिहरुमार्फत भरतपुर भ्रमण वर्षको प्रचार भइरहेको बताए। मेयर दाहालले भ्रमण वर्षअघि गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला बन्दैछ भन्ने सन्देश प्रवाह हुनेगरी प्रकृया अघि बढिरहेको बताइन्।

    भ्रमण वर्षलाई नै लक्षित गरेर भरतपुर–१ आँपटारीमा रहेको दिलायो बंगला दरबारको निश्चित क्षेत्र सर्वसाधारणका लागि खुल्ला गर्ने प्रकृया चलिरहेको उनले बताइन्। दियालो बंगला तत्कालीन राजा महेन्द्र शाहले २०२६ सालमा निर्माण गरेका हुन्। उनको यही दरबारमा निधन भयो। पछि विरेन्द्र शाह पनि बेला–बेलामा यो दरबारमा बस्ने गरेका थिए। उनले २०५७ सालमा आफ्नो जन्मोत्सव नै यहीँ मनाएका थिए। नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलाको अहिले नेपाली सेनाले संरक्षण गरिरहेको छ।

    महानगरले बंगलाको निश्चित क्षेत्र ट्रष्टलाई भाडा तिर्नेगरी लिन खोजेको छ। मेयर दाहालले भारतीय पर्यटकलाई पर्साको ठोरी हुँदै चितवन आउन सहज बनाउन भन्सार कार्यालयलाई पत्राचार गरिएको बताइन्। ‘नारायणी नदीमा क्रुज सिप, मोटर बोट, ¥याफ्टिङ बोट, चौकीडाँडामा प्याराग्लाइडिङ, नजिकै गैंडाकोटको मौलाकालिका मन्दिरमा केबल कार चल्छ। भरतपुरको पर्यटन विकासका लागि यी पनि महत्वपूर्ण गन्तव्य हुन्,’ उनले भनिन्, ‘हामी अन्य स्थानीय तह र जिल्लाहरुसँग पनि समन्वय गरेर भ्रमण वर्ष सफल बनाउने गरी लागेका छौं।’

    अन्तर्राष्ट्रियरुपमा देखिएको आर्थिक मन्दी, देशको अर्थतन्त्रमा देखिएको समस्याको असरलाई चिर्दै भ्रमण वर्षलाई सफल बनाउनु धेरै चुनौतीपूर्ण रहेपनि भरतपुरबासीले एक भएर सफल बनाउने विश्वास मेयर दाहालको छ। ‘हामीले २०८० साललाई नै भ्रमण वर्षकारुपमा मनाउन खोजेका थियौं। युक्रेन–रुस युद्धले अवस्था खराब बनाउँदै लग्यो। यता भरतपुरमा बन्दै गरेको ६ लेनको सडक पनि समयमा सम्पन्न नहुने देखियो। त्यसपछि ६ महिनालाई सारेका थियौं,’ उनले भनिन्, ‘तर अहिले इजरायल र प्यालेस्टाइनको युद्धको असर पर्न थालेको छ। बजारमा मन्दी छ।

    तैपनी हामी पछि हट्ने अवस्था छैन। भ्रमण वर्षले पर्यटक बढाएर आर्थतन्त्रलाई चलायमान बनाउन सघाउला भन्ने आशा छ।’ महानगरका प्रशासकीय प्रमुख नरेन्द्रकुमार रानाले भ्रमण वर्षका लागि भनेर महानगरले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले २ करोड रुपैयाँ दिने प्रतिबद्धता गरेको र संघीय सरकारबाट ७० लाख रुपैयाँ प्राप्त भएको उनले बताए। गैंडाकोट र भरतपुरका होटलहरुमा अहिले ७५० जना बस्न मिल्ने क्षमता छ।

    चितवन जिल्लाभर र गैंडाकोटका होटलहरुमा १५ हजार पर्यटकलाई राख्नसक्ने क्षमता छ। भ्रमण वर्षको प्रचार प्रसार उपसमितिका संयोजक प्रकाशमणि ज्ञवालीले उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, चम्बर अफ कमर्स, होटल व्यवसायी संघ, पत्रकार महासंघ तथा विभिन्न पेशागत संस्थाहरुसँग पनि समन्वय गरेर भ्रमण वर्षको प्रचारप्रसारलाई तिब्र बनाइएको बताए।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.