• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बत्तीस किचन सम्हाल्दै सेफ कौशल

  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । होटल, रेष्टुराँ, पार्टी प्यालेसका सञ्चालक र त्यहाँका कार्यकारी प्रमुखलाई धेरैले चिन्दछन् तर त्यही भान्साघर ९किचन० लाई व्यवस्थित गरेर संस्थालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेफहरुलाई भने कमैले मात्र चिन्दछन् । यस्तै भूमिकामा रहनुभएका बुटवलको देवीनगरका एलबी कौशलले सिद्धार्थ हस्पिटालिटी एण्ड विजनेश ग्रुपका ३२ वटा किचन सम्हाल्दै आउनु भएको छ । उहाँकै नेतृत्वमा यो समूहका होटल, रेष्टुराँ, पार्टी भेनु र कलेज सञ्चालन हुँदै आएका छन् ।

    विगत पाँच वर्षदेखि कौशलले यो समूहको नेतृत्व गर्दै आउनुभएको हो । होटल म्यानेजमेन्टको अध्ययनसँगै सन् २००० देखि उहाँले यो यात्रा सुरु गर्नुभएको हो । एकचालिस वर्षीय कौशलले धेरै पाँचतारे होटलमा काम गरिसक्नु भएको छ । सोही अनुभवका कारण उहाँले अहिले एक हजारभन्दा बढी किचनको नेतृत्व गरेर सिद्धार्थ ग्रुपको भान्सालाई अघिबढाउनु भएको छ । भारतको नयाँदिल्लीमा बिएचएम उत्तीर्ण गरेसँगै कौशलले भारतकै भूपालमा रहेका पाँचतारे होटलमा काम सुरु गर्नुभएको थियो ।

    ट्रेनिङ सेसनदेखि नै काम सुरु गर्नुभएका उहाँ कमी थर्ड, कमी सेकेण्ड, कमी फस्ट हुँदै अहिले कर्पोरेट सेफ बन्नु भएको हो । कौशलले होटल सूर्या, ताज होटल, अन्तर्राष्ट्रिय ग्रुप आइजी, चेन ग्रुप सिग्नेटलगायत होटलमा कामगरिसक्नु भएको छ । यससँगै उहाँ नेपालका होटल म्यानेजमेन्ट कलेजहरुसँग पनि जोडिनुभएको छ । गेट कलेज काठमाडौँ, सिल्भर माउण्टेन कलेज, नाथेम कलेज, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतमा गेष्ट लेक्चर र प्रयोगात्मक इन्स्ट्रक्टरका रूपमा कौशलले काम गर्दै आउनु भएको छ ।

    सन् २०१९ को मास्टरसेफ प्रतियोगिताको निर्णायक समेत उहाँ हुनुहुन्थ्यो । सिद्धार्थ ग्रुपमा कौशल छिर्दै गर्दा १३ वटा शाखा थिए । अहिले यो शाखा ३२ पुगेको छ । सिद्धार्थ ग्रुपमा रेष्टुरेन्टदेखि पाँचतारे होटलसम्म छन् । उहाँले भन्नुभयो “हरेक शाखामा कार्यकारी सेफ राख्छौँ । उनीहरुले मलाई रिपोर्टिङ गर्छन् । खानाका परिकार मबाट फलो गरेर तयार गर्छन् ।” दैनिक अनलाइन बैठक गरेर छलफल गर्ने र आइपरेका समस्या पहिचान गरी समाधान गर्ने गरेको उहाँको भनाइ थियो । कौशलले थप्नुभयो “खानाको गुणस्तरमा सम्झौता गर्दैनौ ।

    फुडलाई सेफ्टी र हाईजेनिक बनाउनाका साथै केयर पनि गर्छौँ ।” खानाबाटै ९५ प्रतिशत रोग लाग्ने भएकाले उहाँले त्यसमा कुनै पनि हेलचक्र्याई नगरी खाद्य सुरक्षालाई ख्याल गर्ने गरिएको बताउनुभयो । कौशलले थप्नुभयो “स्वस्थकर खाना दिन्छौँं । प्राङ्गारिक खानामा हामी विश्वास गर्छौं ।” आफूहरुले मसलामा पनि विशेष ध्यान दिन गुणस्तरीय ब्राण्डका मात्रै मसला प्रयोग गर्ने गरेको कौशलले बताउनुभयो । उहाँले भन्नुभयो “जिरा, धनियाँ, गरममसला, कबाब मसला आफँै बनाउँछौँ । रङग प्रयोग गर्दैनौंँ ।

    हामीले तयार गरेको खानामा प्राकृतिक रङ्ग हुन्छ ।” व्यवस्थापनले पनि गुणस्तरमा कुनै सम्झौना नगर्न आफूहरुलाई भनेकै कारण उच्चस्तरको खाना तयार गर्न सकिएको कौशलले बताउनुभयो । काठमाडौँको कोटेश्वरमा रहेको सिद्धार्थ हस्पिटालिटी इन्स्टिच्यूटबाट तालिम लिएर आउनेलाई मात्रै काममा लगाउने गरेको उहाँले बताउनुभयो ।

    पेसागत हिसाबले यो क्षेत्र महत्वपूर्ण रहेकाले आफ्नो ग्रुपभित्र काम गर्ने सेफले मासिक रु तीन लाखसम्म पारिश्रमिक पाउने गरेको उहाँले जानकारी दिनुभयो । बजारमा खोजेजस्तो जनशक्ति पाउन नसकिएको अवस्थामा यही बसेर मेहनत गर्न सक्यौंँ भने राम्रै कमाउन सकिने कौशलले बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.