• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

बिक्री हुँदैनन् माटाका भाँडा

  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पुर्ख्याैली पेसा धान्नका लागि बजार खोज्दै विसं २०३३ मा चितवन झर्नुभएका रन्तभक्त प्रजापति अहिले सन्तुष्ट हुनुहुन्न । बाबुबाजेले गर्दै आएको माटोका भाँडा बनाउने कामलाई निरन्तरता दिन र व्यवसायलाई फराकिलो बनाउने उद्देश्यका साथ भक्तपुरको ठिमीबाट अभिभावकसहित चितवन झर्नुभएका उहाँ अहिले माटोका भाँडा बिक्री हुन छाडेपछि उत्पादनको काम छाडेर पसल सञ्चालन सुरु गर्नुभएको छ । भरतपुर महानगरपालिका–९ निवासी प्रजापतिको भरतपुर १२ थानि चोकमा माटाको भाँडाको सानो पसल छ ।

    पसल सानो भए पनि दैनिक आवश्यकपर्ने माटाका भाँडा सबै उहाँको पसलामा पाइने गरेको छ । सुरुवातको समयमा आँफैले माटाको भाँडा बनाएर बिक्री गर्दै आउनुभएका उहाँ उत्पादित सामग्रीमा मेहनत बढी र आम्दानी कम हुने भएपछि सामान खरिद गरेर बिक्री गर्न थालेको बताउनुहुन्छ । “पहिले–पहिले मैले उत्पादन गरेर जुन पसलमा सामान बिक्री गर्दथे अहिले त्यही पसलबाट सामान खरिद गरेर ल्याउने गरेको छु”, उहाँ भन्नुहुन्छ, “तिहारको समयमा कुनै वर्ष ४० हजार वटासम्म पाला बेच्ने गरेको थिएँ । अहिले दुई हजार वटा पनि बिक्री गर्न पनि समस्या छ ।”

    बजारमा उपलब्ध प्लास्टिक तथा अन्य सामग्रीका सामानका कारण माटोका भाँडा विस्थापित भएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “यो पेसा सङ्कटमा पर्ने देखिएको छ । कसैले पनि गर्न खोज्दैनन्, युवामा आकर्षण छैन । दुःख बढी र आम्दानी कम भएपछि कस्ले गर्ने यस्तो काम ?” चितवनमा आफूसँगै एक÷दुई जनाले मात्रै माटोको भाँडा बनाउने गरेको भन्दै उहाँले त्यो पनि चाडपर्वलाई लक्षित गरेर मात्रै बनाउने गरेको बताउनुभयो । यस पेशामा दुःख बढी र कमाइ कम हुने हुँदा आकर्षण बढ्न नसकेको उहाँको बुझाइ छ ।

    उहाँले भन्नुभयो “पहिलेको तुलनामा अहिले ८० प्रतिशत बिक्रीमा कमी आएको छ”, भरतपुर महानगरपालिका–१ नारायणगढमा पूजा सामग्री सञ्चालन गर्दै आउनुभएका नारायण काफ्ले भन्नुभयो, “आवश्यक परेको खण्डमा मात्रै माटोका भाँडा लैजाने ग्राहक भेटिन्छ ।” विशेष गरी तिहारको अवसरमा माटोको पालाको मात्रै खोजी हुने गरेको भए पनि पहिलेको तुलनामा माग घट्दै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला माटोको दियोमा बत्ती बाल्ने प्रचलन भए पनि मैनबत्ती तथा पाला जस्तै देखिने बिजुली बत्तीले यसलाई विस्थापित गर्दा माटाका सामग्री बिक्रीमा कमी आएको हो ।”

    नारायणगढमा माटोका सामग्रीको थोकमा व्यवसाय गर्दै आउनुभएका ‘सुवेदी माटोको भाँडा पसल’का सञ्चालक नारायणप्रसाद सुवेदी विगतको वर्षमा जस्तो माटोको भाँडाको व्यापार हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यापार त छ तर अघिल्ला वर्षको तुलनामा कम छ ।” चितवनमा माटाका सामग्री उत्पादन नहुँने हुँदा भक्तपुरलगायतका क्षेत्रबाट ल्याएर यहाँ बिक्री गर्नेे गरेको उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.