चितवन । आइएसएमटी कलेजले भूकम्पपीडितकलाई पाँच लाख सहयोग गर्ने भएको छ ।कात्तिक ७ गते मध्यराति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट भएको जनधनको क्षतिको राहतस्वरुप आइएसएमटी कलेजले पाँच लाख सहयोग गर्ने भएको हो ।
दुई जिल्लामा ठूलो जनधनको क्षति भएकोले सानै भएपनि पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन सकियोस् भन्ने उदेश्यले आइएसएमटी कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराइने निणर्य गरिएको कलेजका अध्यक्ष योगेश उप्रेतीले जानाकारी दिए ।
साथै यस कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ भने भूकम्पबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस दुःखद घडीमा खोज, उद्घार उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थाहरुसमक्ष हार्दिक आग्रह गरेको छ ।
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटवल र बिराटनगरमा सञ्चालित रहेको छ ।








