• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

दाताको भरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्र

  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–१ मा रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गाईको संरक्षण दाताको भरमा हुँदै आएको छ ।

    यहाँ रहेका दुई सयभन्दा बढी स्थानीय जातका गाईको दैनिक आहारविहार दाता र चन्दाको भरमा सञ्चालन हुने गरेको हो । आश्रमका अध्यक्ष नवराज ढकालका अनुसार यहाँ रहेका गाईलाई दानाका लागि मासिक रु पाँच लाख खर्च हुने गरेको छ । गौ संरक्षणका लागि विभिन्न दाताले सहयोग गरेको रकमको ब्याज र अन्य आम्दानी गरेर मासिक रु एक लाख ३५ हजार सङ्कलन भए पनि नपुग खर्चका लागि दाताकै भर पर्नुपरेको छ ।

    योगी नरहरिनाथले स्थानीय जातका गाई संरक्षण गर्ने उद्देश्यले विसं २०४३ मा गौ संरक्षण केन्द्र स्थापना गर्नुभएको थियो । चितवनको माडीबाट स्थानीय जातका सातवटा गाई ल्याएर संरक्षण थालिएकामा अहिले केन्द्रमा दुई सयभन्दा बढी गाईगोरु छन् । उहाँले सुरु गर्नुभएको कार्यको निरन्तरताका लागि गौ संरक्षण कार्य विभिन्न व्यक्तिसँगको सहकार्यमा गरिँदै आइएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गौ संरक्षण केन्द्रमा रु ११ हजारभन्दा बढी सहयोग गर्नेलाई आजीवन सदस्य र रु एक लाखभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यको रुपमा राख्ने गरेका छाँै ।”
    यसरी सङ्कलित भएको रकमलाई बैंकमा राखिएको ब्याज र दूधलगायत बस्तु बेचेर आएको रकमका साथै अपुग रकम सहयोगबाट चल्ने गरेको छ । अध्यक्ष ढकालले थप्नुभयो, “सबैको सहयोग रहेकोे केन्द्रलाई नेपालको नमूनाको रुपमा विकास गर्ने योजना रहेको छ ।”

    केन्द्रका संरक्षक सदस्य टङ्क पौडेलले संरक्षण केन्द्रमा अघिल्ला वर्षहरुभन्दा सुधार भए पनि अझै केन्द्र सञ्चालनका लागि बजेटको अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाईको महत्व समाजमा बुझाउन नसक्दा स्थानीय जाताका गाईको संरक्षण गर्न कठिन भएको छ ।” स्थानीय जातका गाईले थोरै दुःध दिने हुँदा यस्ता गाईको स्थानमा जर्सी, होलस्टेनलगायत गाई पाल्न थालेपछि संरक्षण गर्न कठिन हुन थालेको हो । स्थानीय जाताका गाईको महत्व बुझाउन सकेमा संरक्षणमा थप टेवा पुग्ने सदस्य पौडेलकोे भनाइ थियो।

    केन्द्रका संस्थापक प्रा कृष्ण देवकोटाले स्थानीय जातका गाईको संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो। अहिलेसम्म केन्द्रले आफ्नो बलबुताले गौ संरक्षण गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीय जातका गाई संरक्षणमा राज्यले चासो दिनुपर्छ ।” दूध थोरै दिने भन्दै यस्ता जाताका गाईको महत्व नबुझ्दा संरक्षणमा समस्या आएको हो । संस्थापक देवकोटाले अहिले केन्द्रको आम्दानीभन्दा गौ संरक्षणमा बढी खर्च हुने गरेको गुनासो गर्नुभयो । उहाँले स्थानीय जातका गाईको दूध, दही, घ्यू, पिसाब र गोबरसमेत स्वास्थ्यका लागि उपयोगी रहेको अझ गाईको दूधमा प्रोटिन पाइने र घिउले मानिसको मस्तिष्क विकासमा ठूलो योगदान गर्ने जानकारी दिनुभयो ।

    सामूहिक गौ पूजा

    उक्त केन्द्रले विगतका वर्षझै यस वर्ष पनि सामूहिक गौ पूजा गर्ने भएको छ । तिहारको अवसरमा लक्ष्मीपूजा, गाईपूजा र गोवर्धनपूजाका दिन केन्द्रले सामूहिक गौ पूजा गर्न लागेको हो । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा पुज्ने गरिन्छ । धर्म संस्कार र संस्कृतिको रक्षार्थ पूजा आयोजना गर्न लागिएको हो । पूजामा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर आश्रम देवघाटका १००८ स्वामी ज्ञानानन्द सरस्वतीको उपस्थिति रहने केन्द्रका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.