• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम थालियो

  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो । तराई भूपरिधि कार्यक्रमको सहयोगमा निकुञ्जभित्रको ६२ हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुखिभार र भिम्ले क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको छ । रु सात लाखको लागतमा सो काम सुरु गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जभित्रको तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम थालेको छ । कोषको सौराहा कार्यालय प्रमुख रचना शाहका अनुसार तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जभित्रका ३० ठाउँमा काम गरिँदै छ । दसैँ सकिएसँगै काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार घाँसेमैदान व्यवस्थापनका क्रममा त्यहाँ रहेका विभिन्न किसिमका बोटबिरुवाको अध्ययन अनुसन्धानसमेत गरिँदै छ । निकुञ्जको आफ्नै स्रोतबाट चालु आर्थिक वर्षमा तीन सय ७० हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । सूचना अधिकारी तिवारीका अनुसार रु ४० लाख ७० हजारमा बोलपत्र स्वीकृत भई काम सुरु गर्ने तयारी गरिएको हो ।

    निकुञ्जभित्रको जिप सफारी हुने बाटो आसपासका क्षेत्र, खुल्ला चौरहरु, तालका छेउहरु, सुखिभार क्षेत्र, सौराहा प्रवेश गर्ने कछुवानी क्षेत्रलगायत क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जभित्र १० हजार हेक्टर घाँसेमैदान रहेको छ । तीमध्ये मुस्किलले एक हजार हेक्टरमात्र व्यवस्थापन गर्न सकिएको तिवारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोभिडअघि सम्म घाँसेमैदानमा रु तीन करोडभन्दा बढी खर्च गर्ने गथ्र्यौं । अहिले रु एक करोडसमेत खर्च गर्न पाएका छैनौँ ।”

    नियमित घाँसेमैदानको व्यवस्थापन गर्न नसक्दा निकुञ्जभित्रका दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजाति जरायोसहित मृग प्रजाति प्रभावित भएका छन् । निकुञ्जभित्र उपयुक्त घाँसेमैदान नभएमा गैँडा बस्ती छिरेर दुःख दिने गर्दछ । घाँसेमैदान व्यवस्थापनको बजेट कटौती हुँदा यसको असर मध्यवर्तीका बासिन्दामा हुने गरेको छ । निकुञ्जले अग्ला ढड्डी र घाँस काटेर, ट्र्याक्टरले जोतेर र नियन्त्रित आगो लगाएर घाँसेमैदानको व्यवस्थापन गर्दै आएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.