• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकाेट  । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका नेवार समुदायले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश हुनुपर्ने माग गरेका छन् । नगरपालिकाको कुल जनसङ्ख्याको करिब २० प्रतिशत जनसङ्ख्या नेवारी समुदायको रहेको भन्दै उनीहरुले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश हुनुपर्ने माग गरेका हुन् ।

    नगरपालिकाले कक्षा–८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेको भए पनि कुनै पनि कक्षामा नेवारी कला र संस्कृति समावेशन नगरिएका नेवाः पुचः गैँडाकोटका सल्लाहकार अमृत श्रेष्ठले गुनासो गर्नुभयो । “प्रथमिक तहको शिक्षा मातृभाषामा पढ्न पाउने गरी सरकारले ऐन बनाएको छ । तर, गैँडाकोटमा १० हजार भन्दा बढी जनसङ्ख्या रहेको नेवार समुदायको कला र संस्कृतिसमेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको छैन” उहाँले भन्नुभयो । कला र संस्कृतिमा धनी रहेको नेवारी संस्कृतिबारे नयाँ पुस्ताले समेत विद्यालय तहबाटै ज्ञान पाउन पनि स्थानीय पाठ्यक्रममा नेवारी संस्कृति झल्किने विषयवस्तु समावेश हुनुपर्ने उहाँले बताउनुभयो ।

    नेवाः पुचः गैँडाकोटका अध्यक्ष भोजराज श्रेष्ठले नेवार समुदायले मुख्यगरी नेपाल सम्वत्, महः पूजा, रोपाइँ जात्रा, बेल विवाह, यमोरी पुन्ही, लाखे जात्रा, गाई जात्रा, बाघ जात्रा लगायत मनाउने गरेका बताउनुभयो । “ठाउँ विशेषअनुसार नेवार समुदायको कला, संस्कृति र भाषामा विविधता छ” उहाँले भन्नुभयो, “नेवार समुदायले मनाउने कूल पूजाको आधारमा जात्रा र पर्व मनाउने गर्छन् भने धेरै पर्वहरु साझा पर्वको रुपमा मनाइन्छ ।” नेवारी कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि पनि नयाँ पुस्तालाई यसबारेमा जानकारी दिन स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गराउनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    गैँडाकोटका नेवार समुदायहरु कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि एकजुट भएर अगाडि बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँकाअनुसार आगामी २८ गते यस समुदायले गैँडाकोटमा नेपाल सम्वत् ११४४ न्युँ दँया भिन्तुना तथा महः पूजा गर्दैछन् । गैँडाकोटको नारायणी नदी किनारमा भेला भएर ¥यालीसहित अमरापुरी पुगेर नेपाल सम्वत्को कार्यक्रम गरिने भन्दै सोही दिन बेलुकी महः पूजा गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    कात्तिक २८ गते नेपाल सम्वत् ११४४ न्युँ दँया भिन्तुना, शुभ–दिपावली (तिहार) र छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम–२०८० को प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसी सहभागी हुने श्रेष्ठले बताउनुभयो । कार्यक्रम बिहान ८ बजे नारायणी नदी किनारबाट सुरु हुने कार्यक्रममा नेवारी समुदायसँगै सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

    नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥याली एवं शोभायात्रा अमरापुरीमा पुगेर बिहान १० बजेदेखि शुभकामना आदानप्रदान, १०ः३० बजे समयबाजी सुरु तथा बिहान ११ः३० बजे कार्यक्रम समापन गरिने उहाँले बताउनुभयो । आफ्नो आत्मा (शरीर)को पूजा गर्ने दिन भएकाले लक्ष्मी पूजाको भोलिपल्ट नेवार समुदायले महः पूजा गर्ने भन्दै उहाँले आत्मा शुद्ध भएपछि मात्रै सबै कुराहरु शुद्ध र राम्रो हुने बताउनुभयो । महः पूजाका लागि ओखर, बिमिरो, मखमलीको फूल, धानको लाभाको माला, जजङ्कार (जनै जस्तै सामग्री) लगायतका सामग्रीहरु आवश्यक पर्ने उहाँले बताउनुभयो ।

    नेवार समुदायले महिलाहरुलाई उच्च सम्मान दिने गरेको भन्दै महः पूजामा महिलाहरुको प्रमुख भूमिका हुने. बताउनुभयो । नेवाः मिसा दबुः गैँडाकोट नगर समिति अध्यक्ष एवं गैँडाकोट–२ कि महिला वडा सदस्य सीता श्रेष्ठले विगतमा भन्दा अहिले स्थानीय तहले जातजातिको कला र संस्कृतिका लागि बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । स्थानीय तहले जनजातिहरुको कला र संस्कृति संरक्षणमा अभिभावकको भूमिका निर्वाह गर्दै आएको श्रेष्ठले बताउनुभयो । गैँडाकोट नगरपालिकाको कुल जनसंख्या ५८ हजार रहेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.