चितवन । पत्रकार सन्तोष देवकोटाले कात्तिक २६ गते परेको आफ्नो जन्मदिनको अवसरमापत्रकार सम्वद्ध दुई संगठनलाई आर्थिक सहयोग गरेका छन् । प्रेस सेन्टर बागमतीप्रदेश कमिटीका सचिवसमेत रहेका देवकोटा चितवनबाट प्रकाशीतलोकतन्त्र सन्देश दैनिककाकार्यकारी सम्पादकहुन् ।उनले जन्मदिनको अवसरमा प्रेस सेन्टर नेपालचितवनशाखालाई अक्षयकोष स्थापनाको लागि११ हजार एक सय एघार रुपैँया र प्रेस चौतारी नेपालचितवनशाखाको भवननिर्माण सहयोगार्थ १०हजार एक सय एघार रुपैँयारकम हस्तान्तरण गरेका हुन् ।
प्रेस सेन्टर चितवनको जिल्ला समन्वय समितिको आयोजितशुभकामनाआदानप्रदानकार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्यप्रकाश ज्ञावाली र जिल्ला कोषाध्यक्षकिशोर सापकोटा देवकोटाले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।प्रेस सेन्टरले अक्षकोष बाट पत्रकारिता क्षेत्रबाट समाज परिवर्तनको लागि विशिष्ट योगदान पु¥याउनेपत्रकारलाई पुरस्कार प्रदानगर्ने उद्धेश्य सहितअक्षकोषको कार्यविधि निमार्ण गर्दैछ ।
यस्तै प्रेस चौतारी चितवनकाअध्यक्षसुवास पण्डितलाई प्रेस चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमानिर्माण हुँदै गरेको भवनलाई निमार्णका लागि सहयोगार्थ आर्थिक सहयोग गरेका पत्रकार देवकोटाले पत्रकार संगठनका भवनले जिल्लाकापत्रकारहरुको संस्थागतविकास र दक्षताअभिवृद्धिमा टेवापुग्ने विश्वास समेत गरेका छन् । समाजसेवी केशवकार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामाअहिले भवनबनिरहेको छ । भवनको दोस्रो तला ढलानको अन्तिमतयारी गरिएको छ ।
पहिलो तलाभित्रफिनिसिङको काम भैरहेको छ । पत्रकार देवकोटा विसं २०६३ साल देखि चितवनको पत्रकारितामाक्रियाशिल छन् ।कुशलपत्रकारका रुपमा स्थापितदेवकोटासंग कायाकैरन दैनिक, चुरे सन्देश साप्ताहिक, उज्यालो एक्सप्रेस साप्ताहिकलगायतका संचार माध्यममाकाम गरेको अनुभव छ।








