चितवन । कालिका भजन समुह कालिका २ बाट
धर्म र संस्कृतिको रक्षार्थ, कला संस्कृतिको संरक्षण का लागि देउसी भैलो कार्यक्रम २०८० सुरु भएको छ । नेपालि दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको रमाइलो पक्ष देउसी भैलो र नाचगान पनि हो ।
देउसी भैलो खेल्न युवा र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि अगाडी बढेने गर्दछ्न । मिठा मिठा शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । खेल्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको आषिस दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर दान (दछिणा )दिन्छ्न भनि रमाइलो गर्ने चलन पनि चलिआएको छ।
यसै सगै कालिका भजन समुह बाट बिभिन्न सामाजिक एबम परोपरारि कार्यका लागि देउसि भैलो कार्यक्रम खेलिदै छ। देउसि भैलो बाट उठेको रकम बाट बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई स्टेसनरी तथा चिसो मौसममा न्यानो कपडा बितरण ,स्वास्थ्य सम्बन्धी बिभिन्न शिविरहरु संचालन गर्ने तथा रक्तदान जस्ता सामाजिक एबम पवित्र कार्यको निम्ति भजन समुह द्वारा मौलिक देउसिभैलो कार्यक्रम संचालन गरिएको देउसि भैलो संयोजक केशब चालिसे ले जानकारी दिनु भएको छ।
कुनै किसिम को भड्किलो तरिका बाट नभई हाम्रा धार्मिक सम्पदा र साँस्कृतिक पर्वहरुको संरक्षण र सम्बर्द्धन गर्न, धार्मिक अनुष्ठानका कार्यहरु लगायत परोपकारी कार्यक्रम समेत गर्ने मुख्य उदेश्य रहेको भजन समुहका सह सचिब रेशम राज वाग्ले ले जानकारी दिनु भएको छ।
यसै क्रममा रु ५००० भन्दा धेरै दान दिनु हुने दातालाइ दोसल्ला तथा प्रमाणपत्र दिइ सम्मानित गरिने यसै समुहका कोषाध्यक्ष डिल्लि राम चालिसे ले जानकारि गराउनु भएको छ्।देउसि भैलो हरिबोधनि एकादसि सम्म खेलिने भजन समुहकि उपाध्यक्ष कृष्ण कला क्षेत्री ले जानकारी दिनु भएको छ्।








