• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

भरतपुर महानगरद्वारा सहकारीहरुको अनुगमन

  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर महानगरपालिकाले सहकारीहरुको अनुगमन गर्न शुरु गरेको छ। आफ्नो क्षेत्राधिकार भित्र संचालनमा रहेका  सहकारीहरुलाइ नियमन र नियन्त्रण गर्नका लागि महानगरपालिकाले अनुगमन शुरु गरेको हो ।
    सहकारीहरुमा व्यापक मात्रमा अनियमितता भएको,दर्ता तथा नविकरण नभएको,शेयर सदस्यहरुलाइ सुचना नै नगरी साधारणसभा गर्ने गरेको,समयमा अडिट नगरेको जस्ता व्यापक गुनासोहरु आएको भन्दै महानगरपालिकाको सहकारी तथा रोजगार पबर्द्वन शाखाले बुधबारबाट अनुगमन कार्यलाइ कडाइका साथ शुरु गरेको हो।

    बुधबार महानगरले वडा न २७ र २८ मा रहेका विभिन्न सहकारीहरुमा छड्के अनुगमन गरेको हो । भरतपुर २८ मा रहेको दोभान बचत तथा ऋण सहकारी सस्था,मेघौली मध्यबर्ती बचत तथा ऋण सहकारी सस्था,भरतपुर २७ मा रहेको साना किसान कृषि सहकारी सस्था लगाएत अन्य सहकारी सस्थाहरुमा अनुगमन गरेको हो ।

    नगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलिले अनुगमनलाइ निरन्तर र कडाइका साथ लैजाने निर्णय गरेको छ । सहकारीहरुमा देखिएको अनियमितता र अपारदर्शीतालाइ आम उपभोक्ताहरुको माझमा प्रष्ट हुने गरि लैजान यो अनुगमन सार्थक हुने छ नगर उप प्रमुखले भन्नुभयो,यो अनुगमन अब निरन्तर रुपमा जारी रहनेछ । सहकारीहरुमा देखिएको नैराश्यतालाइ महानगरपालिकाले अब कडाकका साथ अचुक औषधिको प्रयोग गरेर कानुनी दायरामा ल्याउने छ उप प्रमुखको भनाइ छ ।

    सबैले राम्रो वा सबैले नराम्रो गरेको छैनन । राम्रो गर्ने र नराम्रो गर्ने एउटै तराजुमा हुँदा नराम्रो गर्नेलाई फाइदा पुगेको छ । राम्रो गर्नेले प्रोत्साहित हुन पाएनन् । अब राम्रो सुलभ र सहज सेवालाई प्रोत्साहित गर्नुपर्छ । गलत गर्नेलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ । गलत गर्ने छुट कसैलाई पनि छैन ।’ उप प्रमुखले भन्नुभयो । यसरी गरिने अनुगमनहरु नियमित र आकस्मिक हुनेछन् ।

    छिटो, छरितो र आधुनिक बैंकिङ सेवा दिन सहकारीहरु अब्बल बन्दै गएका बखत केही खराब सहकारीहरुको कारण यस क्षेत्रको मुल्य र मान्यतामा ह्रास आएको टिप्पणी गर्नुहुदै नगर उप प्रमुख अधिकारीले सहकारी संस्थाहरु आधुनिक बैंकिङ सेवा दिएर सदस्यलाई सन्तुष्टि प्रदान गर्नुको सट्टा शेयर सदस्यहरुको लगानीलाई नै हिनामिना गर्न तिर लागेको भन्दै त्यस्तो लापरबाही गर्ने छुट कुनै पनि सहकारीलाई नभएको प्रष्ट पार्नुभयो ।

    नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने र सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने गरि महानगरले नयाँ ढंग र नयाँ शैलीबाट सहकारी अनुगमन गरेको छ ।
    नेपालको गरिबी निवारणका लागि सहकारी सशक्त माध्यम भएको उल्लेख गर्नुहुदै उप प्रमुखले सहकारीलाई व्यवस्थित र सहकारीको सिद्धान्त अनुसार चलाउन सबै सहकारी सस्थाहरुलाइ आग्रह पनि गर्नुभयो ।

    सहकारी तथा रोजगार पबर्द्वन शाखाका शाखा प्रमुख रोजी केसिले अनुगमनका क्रममा देखिएका त्रुटिहरुलाइ सच्चाएर आगामी दिनमा पार्दर्शिताका साथ काम गर्न सहकारीहरुलाइ आग्रह गरिएको बताउनु भयो ।

    केही सहकारीले नमुना काम गर्दै गए पनि धेरै सहकारी संस्थाहरुले सुधार गर्दै लैजानुपर्ने निष्कर्ष अनुगमन टोलिले निकालेको छ । हाल भरतपुर महानगरपालिकामा ३ सय ६३ वटा सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् ।
    अनुगमनमा लेखापाल फडिन्द्र खनाल, शाखाका समन्वयकर्ता सुकदेब ढकाल लगाएत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.