चितवन । भरतपुर अस्पतालको कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३ पुरुष र ५ महिला गरि ८ जना , रत्ननगरका ५ पुरुष र ३ महिला गरि ८ जना ,खैरहनिका १ पुरुष १ महिला गरि २ जना र राप्तीका १ पुरुष समेतगरि १९ जना रहेका छन । संक्रमितहरु १५ देखि ५८ बर्ष सम्मका रहेका छन। परिक्षण गरिएका नमुनाहरु भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट संकलन गरिएको अस्पतालले जनाएको छ । आईतबार परिक्षण गरिएका २०८ वटा नमूना मध्ये १८९ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने १९ वटा नमुनाको पोजेटिभ आएको हो।








