• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

घरवहाल कर घरवेटीसँग लिन दवाव 

  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यवासयीहरुलाई घरवेटीले घरवहाल कर तिर्न तिर्न लगाएको कुरा कसैका सामू पनि छिपेको छैन । अहिलेसम्म घरबहाल कर आफैँले तिर्दै आइरहेका व्यवसायीहरुले घरबहाल कर घरवेटीसँग लिनुपर्ने भन्दैं दवाव बढाउन थालेका छन् । उद्योग बाणिज्य संघ वस्तुगत समन्वय समितिका संयोजक तथा तृतिय उपाध्यक्ष शिरिष पन्तको नेतृत्वमा संघमा आवद्ध २१ वटा वस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधीहरुले विहिवार भरतपुर महानगरपालिका राजश्व परामर्श समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर घरवहाल कर घरवेटीसँग लिन दवाव दिएको हो ।

    महानगरपालिकाले व्यवसायीलाई व्यवसाय कर तिर्न जाँदा घरवहाल करसमेत माग्न थालेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन् । आम्दानी गर्नेले नै कर तिर्नुपर्ने विश्वव्यापी मान्यता रहेको भन्दैं संघका तृतीय उपाध्यक्ष पन्तले महानगरले घरवहाल कर व्यवसायीसँग लिन नहुने बताए । घरवेटीले नै घरवहाल कर तिर्नुपर्ने भन्दैं आर्थिक संकटको चेपटामा परेका व्यवसायीलाई थप मार पार्न नहुने उपाध्यक्ष पन्तले बताए । छलफलमा महानगरपालिका राजश्व महाशाखाका कर्मचारीहरुकोसमेत उपस्थिती रहेको थियो ।

    महानगर उपप्रमुख चित्रसेन अधिकारीले व्यवसायीहरुले उठाएका विषय जायज भएको भन्दैं आगामी सोमवारसम्म यस बारेमा महानगरपालिकाले आफ्नो धारणा स्पष्ट गरेर उत्पन्न समस्याको समाधान गर्ने बताए । घरवेटीहरुले भाडा बढि लिएर व्यवसायीसँग कम भाडा लिएको भन्ने अलग्गै सम्झौता गरेर कर छलि गर्दै आएका छन् ।

    व्यवसायीहरुले यसै पनि बढि भाडा तिरेका छन्, भाडा तिरेको सत्य कुरा खर्चमा देखाउन पाएका छ्रैनन्, जति तिरेका छन् त्यति खर्चमा देखाउने हो भने आयकर बढि तिर्नुपर्ने थिएन, वस्तुगत समन्वय समितिका संयोजक पन्तले भने, अहिले देखिएको यो समस्याको दीर्घकालिन समाधान होस्, घरवेटी र व्यवसायीका बीचमा सौहार्दता कायम होस् भन्ने चाहाना हाम्रो छ । सो अवसरमा उद्योग बाणिज्य सघंका उपाध्यक्ष पन्त एवम् व्यवसायीहरुले पूर्वी चितवन तथा पश्चिमबाट आउने सवारीलाई नारायणगढ बजारसम्म आउन दिनुपर्ने माग गरे ।

    चौविसकोठी नारायणगढ मुख्य राजमार्गमा सडक विस्तारको कारण देखाउँदै पूर्वी चितवनबाट आउने सवारीलाई चौविसकोठीबाट नै फर्काउने गरिएको छ । वाइपास रोड भएर बजारसम्म जान दिने अप्सन हुँदा हुँदै महानगरपालिकाले त्यसमा चासो नदिँदा स्थानीय जनता तथा व्यवसायीहरुलाई मार परेको उपाध्यक्ष पन्तले बताए । महानगरपालिका उपप्रमुख अधिकारीले व्यवसायीहरुको मर्का आफूहरुले बुझेको भन्दैं यो समस्याको समाधान खोजिने आश्वासन दिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.