चितवन। चितवनमा थप ६६ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो गरिएको १८७ परीक्षणमध्ये ६६ जनामा रिर्पोट पोजेटिभ आएको चितवन मेडिकल कलेजका डा. नविन कुमार चौधरीले जानकारी दिए । प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरण अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै चितवनकै ४७ जना , नवलपुरका १२, मकवानपुरका ३, बारा, पर्सा, रुपन्देही र तनहुँका एक एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।










