• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो ।

    असोज २५ गतेदेखि राखिएका क्यामेरा एक साताअघि निकालिएको हो । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा क्यामेरा ट्यापिङ्को काम गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मङ्सिर ५ गतेबाट वनमा राखिएका क्यामेरा निकाल्न थालिएको हो । उहाँका अनुसार क्यामेरा ट्यापिङ्को विधिबाट बाघको अवस्थाबारे जानकारी लिइएको छ ।

    माडीको सोमेस्वर क्षेत्रबाट क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको थियो । यसका लागि ६२ क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरी बाघको अवस्थाबारे जानकारी लिइएको तिवारीले बताउनुभयो । तीन ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङ्को काम गरिएको उहाँले जानकारी दिनुभयो । “एउटा ब्लकमा १७ देखि २१ ग्रिड निर्माण गरी क्यामरा जडान गरिएको थियो । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिएको थियो । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड बनाएर क्यामेरा जडान गरिएको हो”, उहाँले भन्नुभयो ।

    तिवारीका अनुसार क्यामेरा निकालेर अहिले अध्ययनको काम भइरहेको छ । अध्ययनका लागि प्राविधिक टोली खटिएको भन्दै उहाँले अहिले फोटो सङ्कलन तथा फोटोहरुको अवस्थाका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । फोटोमा देखिएका बाघको पाटाको आधारमा अवस्थाबारे अध्ययन गरिने छ”, उहाँले भन्नुभयो, “अबको एक महिनाभित्र सो क्षेत्रमा रहेका बाघको अवस्थाका बारेमा प्रतिवेदन तयार गर्नेछौँ ।”

    टाइगर इकोलोजिकल मोनिटरिङ् अफ सोमेश्वर हिल कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाको अध्ययन गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीन वटा बाघ रहेकामा सन् २०२२ मा यो सङख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वत माला र भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययनका लागि क्यामेरा ट्यापिङ् गरिएको उहाँको भनाइ थियो । यसले बाघ संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.