चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ उपकुलपतिको आगमनसँग विश्वविद्यालयमा केही सुधारको सङ्केत देखिएको छ । लामो समयसम्म बन्द हडतालका कारण अस्तव्यस्त भएको विश्वविद्यालयमा गत वर्ष कात्तिकबाट रोकिएका परीक्षाफल प्रकाशित भएका छन् भने अन्य शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालन भएका छन् । विद्यार्थीहरु नवौँँ सेमेस्टरका पुग्दा पनि छैटौँ सेमेस्टरको परीक्षाफल आएको थिएन । अब रोकिएका परीक्षा र परीक्षाफल पुनः सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।








