• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरु पुग्ने गरेका छन् । काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो । अङ्ग्रेजीमा स्पाइनी ब्याब्लर भनिने यस चरा हेर्न विश्वका विभिन्न देशबाट पंक्षीप्रेमी पर्यटक नेपालमा आउने गर्छन् ।

    बेलायतबाट चरा हेर्न उपरदाङगढी आउनुभएका माइक होइटले काँडेभ्याकुर हेर्न पाएर आफू उत्साहित भएको बताउनुभयो । वातावरणका क्षेत्रमा काम गर्दै आउनुभएका होइटले भन्नुभयो, “नेपालमा मात्रै पाइने चरा यस क्षेत्रमा प्रशस्तै देख्न पाइयो, अन्य चराको अवस्था पनि राम्रो छ ।” उहाँले आफू चरा हेर्नकै लागि नेपाल आएको बताउनुभयो । उहाँले चरा संरक्षणमा समुदायको प्रमुख दायित्व हुने बताउनुभयो । वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले चितवनको उपरदाङगडी काँडेभ्याकुरको बासस्थानको ‘हटस्पट’ भएको बताउनुभयो ।

    “उपरपरदाङगढी प्रकृति प्रेमीका लागि उत्तमस्थल मानिन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउँदा काँडेभ्याकुर नदेखी फर्कनुपर्दैन ।” गिरीले आफू २० वर्षदेखि काँडेभ्याकुर हेर्न र पर्यटकलाई देखाउन यहाँ आउने गरेको बताउनुभयो । यहाँ पहाडी क्षेत्रमा पाइने जनावरको पनि अवलोकन गर्न पाइने उहाँको भनाइ छ । उहाँले उपरदाङगढी क्षेत्रलाई ‘बर्ड सेन्चुरी’को रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय जैविक विविधतामा समस्या आउन थालेको भन्दैसंरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले चराको बासस्थान मासिँदै गएकाले चरा संरक्षणका विषयमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यक औँल्याउनुभयो । खैरो जिउ, सादा रङका आँखा र धर्का भएको छाति हुने यो चरा निकै सुन्दर र आकर्षक हुन्छ । मध्यपहाडी इलाकामा बस्न रुचाउने काँडेभ्याकुर गर्मीयाममा एक हजारदेखि एक हजार पाँच सयसम्म दुई हजार एक सय मिटरको उचाइमा बिताउँछ । हिउँदमा भने पाँच सयदेखि एक हजार एक सय मिटरको उचाइसम्म बसाइँ सर्नेगर्छ  । चितवनमा भने चार सय मिटरको उचाइमा पनि बच्चा र अण्डासहित काँडेभ्याकुर देखिएको नेपाल पंक्षीविद् सङ्घ बागमती प्रदेश संयोजक बासु विडारीले जानकारी दिनुभयो । उहाँले नेपालमा काँडेभ्याकुरको सङ्ख्या यतिनै छ भन्ने उल्लेख नभएको बताउनुभयो ।

    “नेपालबाट लोप हुनलागेका एक सय ६८ प्रकारका चरा छन्”, उहाँले भन्नुभयो, “त्यसमध्ये काँडेभ्याकुरको संरक्षण पहिलो प्राथमिकतामा पर्नुपर्छ ।” विडारीका अनुसार काँडेभ्याकुरलाई दुर्लभ तथा लोपहुने जोखिमयुक्त चराको सूचीमा राखिएको छ । जमिन नजिक वा बाक्लो झाडीको तल्लो भागमा बस्न रुचाउने यस चराको प्रमुख आहारा किरा तथा फट्याङ्ग्रा हुन् । मार्चदेखि अप्रिल यस चराको प्रजनन् समय हो । एक सिजनमा तीनदेखि पाँच वटासम्म अण्डा पारी कोरल्ने गर्छ ।

    सामान्य बेला लजालु हुने र झाडीभित्र लुकेर बस्ने यसले प्रजनन्का बेला भने झाडीको बाहिरी हाँगामा बसेर आवाज निकाल्छ । एउटाले आवाज निकाल्यो भने अरुले पनि आवाज निकाल्न थाल्छन् । प्रजनन्को समयमा यो चराले धेरै आवाज निकाल्छ । यही समयमा यसले बढी चहलपहल गर्छ । झाडी तथा घाँसे मैदानमा बस्न रुचाउने यो चराले आफ्नो गुण गहिरो बनाएको हुन्छ । सन् १८३६ मा हग्डसनमा वैज्ञानिकले काँडेभ्याकुरको सम्बन्धमा अध्ययन अनुसन्धान सुरु गरेका थिए । अहिले पनि विभिन्न ठाउँमा यसको अध्ययन÷अध्यापन र अनुसन्धान भइरहेका छन् ।

    सन् १९५० तिर ठूलो सङ्ख्यामा देखिएको यो चराको सङ्ख्यामा हाल सङ्ख्या कम भएको छ । बढ्दो सहरीकरण, वनजङ्गल फँडानी र जथाभावी बनेका बाटाघाटाले यस चरालाई नकारात्मक असर पारेको विडारीको भनाइ छ । वनजङ्गलमा हुने आगलागी र चरा शिकार नियन्त्रण हुनुपर्ने उहाँको भनाइ छ । पर्यावरण र पर्यटन दुवैलाई उत्तिकै सहयोग पु¥याउने काँडेभ्याकुरबारे राम्रो अध्ययन गरेर स्थानीय बासिन्दालाई सचेत गराउनुपर्ने विडारीले बताउनुभयो । इच्छाकामना गाउँपालिकाका वनमा चहारेर काँडेभ्याकुर हेर्न विदेशी पर्यटक आउनेक्रम बढेपछि गाउँपालिकाले यसको संरक्षणका लागि चासो देखाएको छ ।

    गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ‘इको टुरिजम’को विकास र संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले पनि सक्रियाताका साथ काँडेभ्याकुरको संरक्षणका लागि स्कुल र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्ने बताउनुभयो । “बालबालिकालाई चरा मार्न नहुने, गुँडको संरक्षण गर्नुपर्नेलगायतका कुरा जानकारी गराउनेछौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “काँडेभ्याकुरको संरक्षण गर्न सक्यौँ भने भावी पुस्ताको लागि यो अध्ययनको क्षेत्र पनि बन्नसक्छ ।”

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.