• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

सडक स्तरोन्नति नहुँदा यात्रा असहज

  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी, रुपन्देही र पाल्पा हुँदै जानुपर्ने अवस्था छ । सदरमुकाम कावासोतीलाई प्रदेश सदरमुकामसम्म जोड्ने सडक स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको छ । पूर्वपश्चिम राजमार्गको दलदलेबाट एक सय २५ किलोमिटरको यात्रा गरेर पोखरा पुग्न सकिने भए पनि सडक स्तरोन्नति नहुँदा समस्या भएको छ ।

    “पूर्वपश्चिम राजमार्गसँग जोडिएको देवचुली नगरपालिका–१३ दलदलेबाट कुमसोत, पोखरी, कोखे, डेढगाउँ हुँदै तनहुँको मानपुर, भिमाद भएर पोखरा जाने छोटो सडकको ट्र्याक खुलेको छ”, देवचुली नगरपालिका–१२ गैँडीका शेरबहादुर पौडेलले भन्नुभयो, “सडकको स्तरोन्नति नहुँदा यात्रा सहज छैन ।”

    कुमसोत कटेपछि पोखरीसम्म करिब सात किलोमिटर सडक अत्यन्तै जीर्ण छ । हुप्सेकोट गाउँपालिकाको पाङ्ग्रेमा पहिरो गइरहन्छ । “करिब तीन दशक अगाडि यो ट्र्याक खुलेको हो । अहिलेसम्म स्तरोन्नति गरिएको छैन”, उहाँले भन्नुभयो । बौदीकाली गाउँपालिकाको पोखरीबाट कोखेसम्म सडक स्तरोन्नति गरिएको छ । “पाङ्ग्रेमा बर्खाको बेला सधैँ पहिरो खस्ने गरेको छ”, पौडेलले भन्नुभयो ।

    दलदले–धौवादी सडकखण्ड (देवचुली खण्ड)का सडक निर्माण समितिका अध्यक्ष रामप्रसाद मरासेनीले सडक निर्माण भएको लामो समय हुँदासमेत स्तरोन्नति हुन नसक्नु दुःखद विषय भएको बताउनुभयो । “हामीले प्रत्येक मुख्यमन्त्रीलाई सडकको अवस्थाबारे जानकारी गराए पनि आश्वासन मात्रै पाउने गरेका छौँ”, उहाँले भन्नुभयो ।

    सडक स्तरोन्नति गरिए नवलपुरको व्यापार, पर्यटनलगायतका लागि सहज हुन्छ । पहाडी क्षेत्रमा उत्पादन भएका फलफूल तथा कृषिजन्य सामग्री सहजरुपमा बजार लैजान सकिने स्थानीय बताउँछन् । विसं २०४५ मा उक्त सडकको ट्र्याक खोल्ने काम गरिएको थियो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.