हेटौँडा । सोमबार हेटौँडामा १० किलो गाँजा सहित ३ जना पक्राउ परेका छन।प्रहरी चौकी लेवटबाट प्रहरी सहायक निरीक्षक रुपक थापाको टोलीले पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा-३ लेवट नजिक प्रदेश ३–०३–००१ ज ००१२ नम्बरको म्याजिकबाट १० किलो २८८ ग्राम लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले बताएका छन्। सडक खण्डमा म्याजिक चेकजाँचका क्रममा उक्त परिणामको गाँजा सहित हेटौंडा १९ बस्ने ४६ वर्षका विर बहादुर घलान, मनहरी -५ की ४० वर्षीया सृजना तामाङ र कैलाश- १० की २४ वर्षीय प्रकाश तामाङलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रानाले बताएका छन्। उनिहरुले झोलामा प्याकिङ गरेर ल्याएको अवस्थामा उक्त लागुऔषध गाजाँ बरामद गरेको र उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।








