चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा एक भाले गैंडा मृत अबस्थामा भेटिएको छ । निकुञ्जका अनुसार अन्दाजी १४ वर्षिय भाले गैंडा मृत अबस्थामा भेटिएको हो । सौराहा क्षेत्रको जिरो मचानमा रहेको झोडि घारीमा आज दिउँसो १ः३० वजे गैंडा मृत अबस्थामा फेला परेको हो । निकुञ्जको हात्ती चराउन लाने क्रममा माउतेले गैंडा मृत अबस्थामा देखे पछि निकुञ्ज प्रशासनलाई खबर गरेका थिए । बिगत केही दिन देखि बिरामी अबस्थामा रहेको सो गैंडाको खाग र खुर सुरक्षित रहेको वताईएको छ ।








