• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन । जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् । त्रिशूली बचाउ अभियानका संयोजक मेघ आलेले विश्वभरका साहसिक जलयात्र पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको त्रिशूली नदी र्याफ्टिङ लागि उत्कृष्ट केन्द्र रहेको यस क्षेत्रमा हाइड्रोपावर निर्माणले र्याफ्टिङ व्यवसाय सङ्कटमा पर्ने जानकारीदिनुभयो ।

    जलयात्रा व्यवसायी तथा श्रमिकले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीको रूपमा पुज्ने गरेको उहाँको भनाइ छ । संयोजक आलेले भन्नुभयो, “त्रिशूली नदी विश्वभरका साहसिक जलयात्रा पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ, जलयात्रा व्यवसायी र श्रमिकहरूले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीको रूपमा पुज्ने गरेका छन् ।” तीन हजारभन्दा धेरै श्रमिकको रोजगारी गुम्ने खतरा रहेको उहाँको भनाइ छ । त्रिशूली बचाउ अभियानले शनिबार चितवनको इच्छाकामना–३ फिस्लिङबाट गोरखाको गण्डकी–१ बुट्टटारस्थित हाइड्रो पावरको ड्यामसम्म र्याफ्टिङ र राजमार्गमा र्यालीसमेत निकालेको थियो ।

    वातावरणिय प्रभाव मूल्याङ्कनले समेत सो क्षेत्रमा हाइड्रोपावर निर्माण गर्दा वातावरण र पर्यटकीय गतिविधिमा समेत असर पर्ने देखाएको भन्दै उक्त कार्य रोक्नुपर्ने पर्यटन व्यवसायीको माग छ । कार्यक्रममा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा)का अध्यक्ष शिव अधिकारीले हाइड्रोपवार निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने बताउनुभयो । यस त्रिशूली नदीलाई साहसिक जलयात्राको विश्वविद्यालयका रूपमा लिएको बताउनुभयो ।

    यहाँ र्याफ्टिङको तालिम लिएर विश्वरभर जुनसकै देशमा गएर पनि नेपालीहरूले काम गर्न सक्ने उहाँको भनाइ छ । नेपालमा जलविद्युत् निर्माणका लागि सम्भाव्य अन्य नदीनाला भए पनि जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा रहेको त्रिशूली नदीको यस क्षेत्रमा हाइड्रोपवार निर्माण गर्दा हजारौँको रोजगारी गुम्ने र व्यवसायीको लगानी डुब्ने जलयात्रा पर्यटन व्यवसायीको भनाइ छ । त्रिशूली सरकारले र्याफ्टि¬ङका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.