हेटौँडा । मकवानपुरको भैसेमा लागुऔषध नाईट्रोभेट सहित २ जना पक्राउ परेका छन् । त्रिभुवन राजपथ सडक खण्डमा भिमफेदी-२ भैंसेबाट,भैसे प्रहरीले लागुऔषध नाईट्रोभेट सहित २ जना पक्राउ गरेको छ। प्रहरी चौकी भैँसेबाट प्रहरी नायव निरीक्षक कुल बहादुर श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडाबाट काठमाण्डौ जादैँ गरेको बा ९६ प ३२८५ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा ८७० ट्याबलेट नाईट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ। लागुऔषधसहित पक्राउ पर्नेमा मोटरसाइकल चालक प्युठान मल्लरानी गाउँपालिका-३ घर भई हाल जिल्ला काठमाण्डौ बालाजु शान्तीटोल बस्ने वर्ष १८ को सतिश दमाल मगर र सोही मोटरसाइकलमा सवार कालीकोट घोचायबाडा गाउँपालिका- ३ घर भई हाल काठमाण्डौ-३ बस्ने वर्ष १८ को बज्र रोकाया रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् । उनिहरुमाथी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।








