• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

तमू प्ये ल्हु संघको ल्होसार नारायणी किनारमा हुँदै

  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । तमू प्ये ल्हु संघ चितवनले यसवर्षको तमू ल्होसार पर्वलाई विशेष बनाउन नारायणी नदी किनारमा मनाउने तयारी गरेको छ । गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्थाको रूपमा स्थापित संस्थाले यसपटक खुला स्थानमा ल्होसार मनाउने तयारी गरिएको मङ्गलबार भरतपुर–११, नौरङ्गेस्थित खेमा तमू समाजको क्होइबोमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । संघका अध्यक्ष बिक्रम च्हम्रु तमूका अनुसार ल्होसार पर्वलाई थप परिचित गराउने उद्देश्यले नदी किनारमा मनाउने तयारी गरिएको हो ।

    ‘हामीले तयारी करिबकरिब सकाएका छौँ,’ उनले भने, ‘कार्यक्रममा धेरैभन्दा धेरैलाई उपस्थित गराउने प्रयास गरेका छौँ ।’ जिल्लाका सबैलाई पायक पर्ने सार्वजनिक स्थान भएको हुँदा यसवटक नदी किनारमा विशेष कार्यक्रम गर्ने योजना बनाएको उको भनाइ छ । प्ये ल्हु संघले यसपटक पुस १३ गते नै ल्होसार मनाउने तयारी गरेको हो । १५ गते मुख्य दिन भए पनि धेरै टोल तथा इकाइहरूमा मनाउने हुँदा जिल्ला समितिले १३ गते नै मनाउने तयारी गरिएको संघका सचिव चित्र ‘सोल्टी’ तमूले जानकारी दिए ।

    ‘१५ गते धेरै ठाउँमा ल्होसार मनाउने हुँदा हामीले अगाडि नै मनाउने तयारी गरेका हौँ,’ उनले भने । यसपटकको ल्होसारमा मौलिक लोक संस्कृति संरक्षण गराउन कौडासहित सोरठी, मारूनी, बाह्रमासे घाँटु, स्यार्गालगायत लोप हुने अवस्थामा पुगेका मौलिक लोक संस्कृतिलाई विशेष जोड दिइएको छ । १३ गते बिहान नारायणढस्थित क्याम्पाचौरबाट झाँकीसहितको बृहत् ¥याली आयोजना गरिएको उनले बताए । क्याम्पाचौरबाट सहिदचोक, पुलचोक हुँदै नदी किनार पुग्ने ¥यालीमा घाँटु, सोरठी, स्यार्गाजस्ता मौलिक लोक नृत्य प्रस्तुत गरिने उनको भनाइ छ ।

    ¥यालीमा तमू प्ये ल्हु संघले मान्दै आएको धार्मिक एवम् सांस्कारिक मन्दिर ‘क्होइबो’को नमुना बोकेर बजार परिक्रमा गरिनेछ । त्यसपछिको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक मिलन लामाको प्रस्तुति रहने छ । सँगसँगै स्थानीय लोक संस्कृतिलाई पनि विशेष स्थान दिइने प्ये ल्हु संघ चितवनका पूर्वअध्यक्ष जगतबहादुर टु क्ल्हेप्री तमूले जानकारी हिए । ल्होसारकै अवसर पारेर तमू जातिको हित र संस्थागत विकासमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

    १२ वटा जीवजन्तुको नाममा वर्गचक्रअनुसार ल्होसार मनाउँदै आएका गुरूङ समुदायले यस वर्ष बिरालो वर्ग (हिल्हो)लाई बिदाइ गर्दै गरूड वर्ग (मुप्रिल्हो)लाई स्वागत गरेर ल्होसार मनाउँदै छन् । यता जातीय संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले भने पुसको १४ र १५ गते विशेष कार्यक्रम गरेर ल्होसार मनाउने तयारी गरिरहेको छ । नेपाल तमू विद्यार्थी छोँज धीँ, चितवन र विभिन्न आमा समूहको सक्रियतामा पुस १४ गते राति १२ बजेसम्म सांस्कृतिक प्रस्तुति हुने ह्युल छोँज धीँ चितवनकी अध्यक्ष एवम् तमू ल्होसार पर्व–२०८० मूल समारोह समितिकी संयोजक विमलादेवी गुरूङले जानकारी दिइन् ।

    ‘१४ गते राति सांस्कृतिक कार्यक्रम हुन्छ । राति १२ बजेपछि नयाँ वर्गलाई स्वागत गरेपछि १५ गते दिनभर औपचारिक तथा सांस्कृतिक कार्यक्रम गरेपछि समापन हुनेछ,’ उनले भनिन् । ह्युल छोँज धीँ चितवनले विगतका वर्षमा जस्तै ह्युल छोँज धीँ चितवनको सांस्कृतिक सङ्ग्रहालय, महाबौद्ध गुम्बा तीनखोले परिषरमा ल्होसार मनाउने तयारी गरेको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.