• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

जीर्णोद्धारको पर्खाइमा कविलासपुरगढी

  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • फोटो बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको फेसबुकबाट
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ । सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म गृष्मकालीन राजधानी थियो । गढीको तत्कालीन अवस्थाको भग्नावशेष छ । तर संरक्षण नहुँदा ऐतिहासिक तथ्य र प्रमाण नष्ट हुने खतरा बढेको बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी बताउनुहुन्छ । उहाँले गढीको जग्गा यकिन गरेर तराबार गर्नुपर्ने बताउनुभयो । “किल्लामा तत्कालीन समयमा बनेका संरचनाको नक्सा बनाएर डिपिआर बनाउन आवश्यक छ, पछि बनाइएका अतिरिक्त संरचना हटाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    गढीभित्र र बाहिर लालीगुराँसका फूल लगाएर रमणीय बनाउनुपर्ने भन्दै उहाँले पर्यटक सहजरूपमा जान सक्नेगरी यातायातको प्रबन्ध गरिनुपर्ने बताउनुभयो । उहाँले गढी बाहिर पर्यटकका लागि आकर्षक पार्क, सुविधासम्पन्न होटललगायतका क्रियाकलाप गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

    भरतपुर महानगरपालिका–२९ मा पर्ने गढी समुद्र सतहबाट एक हजार एक सय ८४ मिटर उचाइको महाभारत शृङ्खला उच्च पहाडमा अवस्थित छ । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट १० किलोमिटरको दूरीमा कविलासपुरगढी पुग्न सकिन्छ । यस गढीको दक्षिणतर्फ ठाडो भिर रहेको छ । उक्त गढीको पूर्व–पश्चिम धारिलो पहाड छ । पहाड निकै परसम्म फैलिएर रहेको छ ।

    भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले कविलासपुरगढीको जीर्णोद्धार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर भ्रमण वर्षलाई केन्द्रित गरेर केही काम गर्ने तयारी थियो, भ्रमण वर्ष रोकिएपछि काम पनि अघि बढ्न सकेको छैन ।” उहाँले यस वर्ष वडाले केही बजेट विनियोजन गरेको भन्दै तारबार र गढी संरक्षणका काम गरिने बताउनुभयो । उहाँले प्रदेश र सङ्घ सरकारसँगको समन्वयमा गढीको संरक्षण गरिने बताउनुभयो ।

    यस गढीमा तत्कालीन पाल्पाका राजा मुकुन्द सेनले सुरक्षा किल्ला निर्माण गरेका थिए । सेन राजाको शासनकालमा निर्माण भएको भए पनि यो गढी धेरै पछिसम्म प्रयोगमा आएको थियो । गढीबाट अवलोकन गर्दा उत्तर–दक्षिण दुवैतर्फ धेरै परसम्मको भू–भाग दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुरानो बङ्कर, तोप हान्ने यन्त्र, प्रशासनिक भवन, चौकी तथा कविलास दरबारका भग्नावशेष ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण सामग्री छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.