हेटौँडा। बागमती प्रदेश सरकारले लोगो परिवर्तन गर्ने भएको छ।बागमती प्रदेश प्रदेशसभा सचिवालयले एक सुचना जारी गर्दै लोगो परिवर्तन लागिएको जनाएको छ। नेपालको नयाँ नक्सामा लिम्पियाधुरासहितको भू-भाग समावेश गरिएकोले सो नक्सा सहित नयाँ लोगो डिजाइन गर्न लागिएको उल्लेख गरिएको छ।नयाँ लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ।१५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन सचिवालयले भनेको छ।उपयुक्त लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार दिइने सचिवालयद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।









