• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुरको प्रधानपञ्चदेखि मेयरसम्म बनेका पियाको निधन

  •   बुधबार, असोज २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तत्कालीन भरतपुर नगर पञ्चायतका प्रधानपञ्च एवं भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको मंगलबार राति ८१ वर्षको उमेरमा निधन भएको छ । १९९६ सालमा तनहूँको बन्दीपुरमा पिता हरिप्रसाद पिया र माता जौकुमारी पियाको सन्तानका रुपमा जन्मिएका पिया २००९ सालमा बसाइँ सरेर चितवन आएका थिए । भरतपुर नगरपालिका २, क्षेत्रपुर निवासी पियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत अवस्थामा निधन भएको हो । दिवंगत पियाका तीन छोरी र तीन छोरा छन् । भरतपुरका पूर्वमेयर पियाको निधनप्रति दुःख व्यक्त गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधबार शोक वक्तव्य जारी गरेकी छन् । ‘भरतपुर महानगरपालिका वडा नं। २ क्षेत्रपुर निवासी तत्कालीन भरतपुर नगरपालिकाका मेयर हिमबहादुर पियाको ८१ वर्षको उमेरमा भएको दुःखद निधनले हामीलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ’ शोक वक्तव्यमा भनिएको छ, ‘दुःखको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’ शोक वक्तव्यमा भनिएको छ, ‘समाजसेवी एवं विकासप्रेमी हिमबहादुर पिया कुशल नेता तथा इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो । उहाँ २०४३ सालमा भरतपुर नगर पञ्चायतको प्रधानपञ्च र बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात् २०५४ सालमा भरतपुर नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो । भरतपुर लगायत समग्र चितवनको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पिया नेपाल रेडक्रस सोसाइटी, बालकुमारी माध्यमिक विद्यालय लगायतका अन्य सामाजिक संघ–संस्थाहरुमा आवद्ध रही समाजसेवामा सधैं अग्रसर हुनुहुन्थ्यो । भरतपुर महानगरको विकासमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई भरतपुर महानगरपालिकाले सधैं स्मरण गरिरहनेछ ।’ भरतपुर महानगरपालिकाले पूर्वमेयर हिमबहादुर पियालाई दुई वर्षअघि सम्मान गरेको थियो । एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पियालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मानित गरेका थिए । उक्त कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालको समेत उपस्थिति रहेको थियो । यसैबीच, भरतपुर महानगरपालिकाले पूर्वमेयर पियाको सम्मानमा बुधबार भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द गरेको छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बुधबार सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै बुधबार एक दिन भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द रहने जानकारी दिएका हुन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.